• होमपेज
  • बीमा
  • एनआई सी एशिया र नेशनल लाईफ ईन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

एनआई सी एशिया र नेशनल लाईफ ईन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

  • सोमवार, साउन ७, २०७५
एनआई सी एशिया र नेशनल लाईफ ईन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

एनआई सी एशिया बैंक लिमिटेडले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता भएको छ । यस सम्झौताअनुसार अब यस बैंकका ग्राहकमहानुभावहरुले मुलुकभर फैलिएका बैंकको २३३ वटै शाखाहरुबाट सहज रुपमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरु खरिदगर्न सक्नेछ ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंककाका.मु.प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका थिए ।

उक्त बैंकको मुलुकभर २३३ शाखाकार्यालयहरु, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफलभएको छ ।

बैंकको वासलातको आकार रू. १७५अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १५० अर्ब तथा कुलकर्जा करिब रू. ११९ अर्ब रहेको छ । हालसम्म यस बैंकको ग्राहक संख्या करिब ११ लाख७५ हजार रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार