• होमपेज
  • अर्थ/वाणिज्य
  • सिटिजन्स बैंकले ३० प्रतिशतले नाफा बढायो

सिटिजन्स बैंकले ३० प्रतिशतले नाफा बढायो

  • आइतवार, साउन ६, २०७५
सिटिजन्स बैंकले ३० प्रतिशतले नाफा बढायो

सिटिजन्स बैंक इन्टरनेटशले गत आर्थिक वर्षमा १ अर्ब ४० करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको अपस्किृत वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बाणिज्य बैंकको स्थान बनाएको यो संस्थाले गत वर्षको तुलनामा ३०.२१ प्रतिशतले नाफा बढाएको छ ।

गत आवमा यसको नाफा ३२ करोड ६२ लाख ९३ हजार रुपैयाँ रहेको छ । यो बैंकले अघिल्लो वर्ष १ अर्ब ८ करोड १६ लाख रुपैयाँ खुँद मुनाफा गरेको थियो ।

सिटिजन्सको चुक्ता पुँजी ८ अर्ब ३ करोड रुपैयाँ छ । यसले गत आवसम्मा ६१ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५७ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यसको हालसम्को लगानी ८ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा २ अर्ब ७६ करोड रुपैयाँ छ ।

यो बैंकको खराब कर्जा अनुपात १.२५ प्रतिशत रहेको छ । यसको कर्जा तथा निक्षेपको अनुपात (सीडी रेसियो) ७७.८७ प्रतिशत रहेको छ । बार्षिक ११.७८ को बेसरेट रहेको यो संस्थाको औषत् व्याजदर भने ३.८४ प्रतिशत रहेको छ ।

यसको रिटर्न अफ इक्युटी (आओई)१३.९५ प्रतिशत छ । यो बैंकको प्रतिशेयर आम्दानी १७.५३ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १३४.४६ रुपैयाँ रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार