• होमपेज
  • अर्थ/वाणिज्य
  • सुर्या लाईफ ईन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता

सुर्या लाईफ ईन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता

  • आइतवार, साउन ६, २०७५
सुर्या लाईफ ईन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता

एन आई सी एशिया बैंक लिमिटेडले सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ | यस सम्झौता अनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएका बैंकको २३२ वटै शाखाहरुबाट सहज रुपमा सुर्या लाईफ इन्स्योरेन्स कम्पनीको जिवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका हुन् ।

उक्त बैंकको मुलुकभर २३२ शाखा कार्यालयहरु, २२० एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. १७५ अर्ब भन्दा बढि पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार