• होमपेज
  • देश
  • स्कूल बस दुर्घटनामा पैँसठ्ठी विद्यार्थी घाइते

स्कूल बस दुर्घटनामा पैँसठ्ठी विद्यार्थी घाइते

  • शुक्रबार, साउन ४, २०७५
स्कूल बस दुर्घटनामा पैँसठ्ठी विद्यार्थी घाइते

काठमाडौँको मूलपानीस्थित क्रिश्चियन कम्युनिटी स्कूलबाट विद्यार्थी लिएर भक्तपुरको थिमितर्फ आउँदै गरेको बा २ क ९२५० नं को स्कूल बस आज अपराह्न मध्यपुरथिमि–९ नीलबाराहीमा दुर्घटना हुँदा ६५ विद्यार्थी घाइते भएका छन् ।

दुर्घटनामा घाइतेमध्ये ४१ जनाको मध्यपुर अस्पताल र २४ जनाको गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये बसका सहचालक २८ वर्षीय अनिल थापाको नागरिक अस्पतालमा उपचार हुन नसकेपछि बाँसबारीस्थित न्यूरो अस्पतालमा पठाएको छ । थापाको अवस्था गम्भीर रहेको अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

मूलपानीस्थित क्रिस्चियन कम्युनिटी स्कूलको बस चाँगुनारायण नगरपालिका–१ दुवाकोटस्थित सशस्त्र प्रहरी गण नजिकै दुर्घटना । दुर्घटनामा ६१ जना घाइते भएका छन् । तस्बिर ः रासस

अर्का गम्भीर घाइते चार वर्षीया प्रतीज्ञा श्रेष्ठलाई काठमाडौँ मेडिकल कलेज पठाएको निर्देशक श्रेष्ठले जानकारी दिनुभयो ।

सडकमा अर्को गाडीलाई ठाउँ दिने क्रममा बसले पछाडि हटाउँदा सडकबाट १५ फिट तल खसेको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक मनोज केसीले जानकारी दिनुभयो ।

विद्यालयकी प्रिन्सिपल लालिमा मालाकारले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै विद्यार्थीको उपचारमा लाग्ने सम्पूर्ण खर्च विद्यालयले व्यहोर्ने बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)