प्राइम लाइफ इन्स्योरेन्स कम्पनी (PLIC) को प्रमुख कार्यकारी अधिकृतमा मनोज भट्टराई पुनः नियुक्त भएका छन् । यसअघि पनि प्राइम लाइफमा चार बर्ष सिइओको जिम्मेवारी सम्हालिसकेका भट्टराईको कार्यकाल सकिएपछि कम्पनीले फेरी उनलाई चार वर्षे कार्यकाल थप गरेको थियाे ।
गत असार ४ गते सम्पन्न सञ्चालक समितिको ११ औं बैठकले थप ४ बर्षका लागि नियुक्त गर्न प्रस्ताव गरेको थियाे । प्राइम लार्इफ इन्स्याेरेन्सका कम्पनी सचिव राजन प्रसाद अधिकारीले सञ्चालक समितिको प्रस्तावलार्इ बीमा समितिले साउन १ गते स्वीकृती प्रदान गरेकाे बताए ।
यससँगै प्रार्इम लार्इफ कम्पनीको कमान भट्टराईले सम्हाल्ने भएका हुन् । भट्टराईसँग बीमा र बैंकिङ क्षेत्रमा गरेर झण्डै तीन दशककाे कार्याअनुभव रहेकाे छ ।
नियम अनुसार कुनै पनि कम्पनीमा एक व्यक्तिले प्रमुख कार्यकारी अधिकृत भएर बढीमा दुई कार्यकाल काम गर्नसक्ने व्यवस्था छ ।