• होमपेज
  • अर्थ/वाणिज्य
  • गरिमा विकास बैंक र सेञ्चुरी बैंकबीच रेमिट्यान्स सम्झौता

गरिमा विकास बैंक र सेञ्चुरी बैंकबीच रेमिट्यान्स सम्झौता

  • बिहिबार, असार २८, २०७५
गरिमा विकास बैंक र सेञ्चुरी बैंकबीच रेमिट्यान्स सम्झौता

गरिमा विकास बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंकबीच गरिमा रेमिट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । बिहीबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय र सेञ्चुरी बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत दिपेश प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतापश्चात सेञ्चुरी बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ११० वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भुक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार