• होमपेज
  • बीमा
  • एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता

  • बुधबार, असार २७, २०७५
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता

महालक्ष्मी विकास बैंक लि. ले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने क्रममा बिमा कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्बन्धी सम्झौता गरेको छ ।

यसै सन्दर्भमा महालक्ष्मी विकास बैँक लि. का प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लब पन्तले बंैकको प्रधान कार्यालय दरबारमार्गमा बैंकासुरेन्सको सम्झौता हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंक लि. बाट उक्त कम्पनीको निर्जिवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण निर्जिवन बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

Facebook Comments

सम्बन्धित समाचार