• होमपेज
  • फिचर
  • महाप्रबन्धक बसन्तप्रकासलाई सर्वोच्चबाट राहत

महाप्रबन्धक बसन्तप्रकासलाई सर्वोच्चबाट राहत

  • शुक्रबार, असार २९, २०७५
महाप्रबन्धक बसन्तप्रकासलाई सर्वोच्चबाट राहत

चक्रित सुबेदी । गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्तप्रकासलाई सर्वोच्चबाट राहत मिलेको छ । नेपाली काँग्रस शेर बहादुर देउवा सरकारको पालामा भएका नियुक्तिहरु एकमुष्ट बदर गर्ने वर्तमान सरकारको निर्णय पालना नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

सर्वोच्च अदालतले गोरखापत्र संस्थाका महाप्रबन्धक बसन्तप्रकास उपाध्यायको नियुक्ति खारेज नगर्न आदेश दिएको हो । यसका साथै बाम सरकारले गरेको नियुक्ति खारेजले अब महाप्रबन्धक उपाध्यायलाई कार्यालय जान र दैनिक कामकाजमा कुनै असर नपर्ने भएको छ ।

नेपाली कांग्रेसको सरकार रहँदा रिक्त पद अन्र्तगत बसन्तप्रकास उपाध्यायलाई गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा नियुक्ति गरेको थियो । भने बाम सरकारको गत असार २० गते बसेको मन्त्रिपरिषद बैठकले अघिल्लो सरकारले गरेको गत भदौ १४ गते यता गरेका सबै राजनीतिक नियुक्त खारेज गर्ने निर्णय गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार