• होमपेज
  • अर्थ/वाणिज्य
  • लक्ष्मी बैंकको ८६ औं शाखा बाराको जितपुरमा

लक्ष्मी बैंकको ८६ औं शाखा बाराको जितपुरमा

  • बिहिबार, असार २१, २०७५
लक्ष्मी बैंकको ८६ औं शाखा बाराको जितपुरमा

लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा बुधबार बाराको जितपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु तथा विशेषगरी कृषि व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

बारा जिल्लामा यो बैंकको दोस्रो शाखा हो । यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

सन् २०१२ देखि सञ्चालनमा आएको बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ५९ शाखाहरुमार्फत विभिन्न जिल्लाहरुमा हाल कूल रु २.६ अरब भन्दा माथिको लघुकर्जा सुविधा प्रदान गरेको छ ।

थपिएको शाखा सँगै बैंकको शाखा सञ्जाल ४३ जिल्लामा ८६ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०४ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, विमा लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा बजारहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार