नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले बाराको निजगढ नगरपालिका स्थित निजगढ बजारमा शाखा कार्यालय संचालनमा ल्याएको छ ।
पर्साको विरगञ्ज लिंकरोडमा रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको शाखालाई बाराको निजगढमा स्थानान्तरण गरि संचालनमा ल्याएको हो ।
बैंकले २५ हजार बढी जनसंख्या रहेको प्रदेश नम्बर २ स्थित निजगढका स्थानीयलाई यो शाखाले वित्तिय कारोबारमा सहजता प्रदान गर्ने अपेक्षा लिइएको बैंकले जनाएको छ ।
उक्त बैंकको हाल आठ लाखभन्दा बढी ग्राहक रहेको बैंकको १ सय वटा एटिएम पुगेको छ भने ७ वटा एक्स्टेन्सन काउन्टर रहेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंकको ५७ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३ सय बढी भिसा तथा एनपिएन सदस्य बैंकको एटिएम रहेको छ ।