• होमपेज
  • समाचार
  • प्रविधि विकासका लागि नीति तथा कानून परिमार्जनः मन्त्री बाँस्कोटा

प्रविधि विकासका लागि नीति तथा कानून परिमार्जनः मन्त्री बाँस्कोटा

  • बुधबार, असार २०, २०७५
प्रविधि विकासका लागि नीति तथा कानून परिमार्जनः मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि उद्योगको विकास तथा प्रवद्र्धनका लागि सरकारले आवश्यक नीति, कानून परिमार्जन गरी लगानी प्रर्वद्धन र प्रोत्साहन गर्दै जाने बताएक छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आयोजित ‘सूचना तथा सञ्चार प्रविधिमा आधारित व्यवसाय प्रवद्र्धन’ विषयक अन्तरक्रियामा बोल्दै उनले सूचना प्रविधिको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले भने ः सूचना तथा प्रविधिको विकासका लागि निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने भएकाले मन्त्रालय निजी क्षेत्रसँग हातेमालो गर्दै अगाडि बढ्न चाहन्छ ।

कार्यक्रममा नेपालमा सूचना प्रविधि उद्योगलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए ।
सो अवसरमा सूचना प्रविधिमा जनशक्ति विकास, सूचना प्रविधि उद्योगलाई प्रोत्साहनस्वरुप कर छुटसम्बन्धी व्यवस्था, व्यवसाय दर्ता प्रक्रियामा सरलता, स्थानीय कम्पनीलाई प्रोत्साहन, ठूला सूचना प्रविधि उद्योगमा प्रत्यक्ष वैदेशिक लगानीको व्यवस्था, सस्तो तथा गुणस्तरीय इन्टरनेट सेवाको व्यवस्था, स्वदेशी उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनलगायत विषयमा छलफल भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)