• होमपेज
  • अर्थ/वाणिज्य
  • माछापुच्छ्रे बैंकको दुई स्थानमा शाखा विस्तार

माछापुच्छ्रे बैंकको दुई स्थानमा शाखा विस्तार

  • मङ्लबार, असार १९, २०७५
माछापुच्छ्रे बैंकको दुई स्थानमा शाखा विस्तार

माछापुच्छ्रे बैंक लिमिटेडले २ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । बैंकले सोमबार र मंगलबार धनुषाको नागराइन नगरपालिका स्थित फुलगामामा शाखा कार्यालय र सप्तरीको अग्रिसाइर कृष्ण सावरण गाउँपालिका स्थित माहुली शाखा कार्यालयको औपचारिक रुपले सुरुवात गरेको छ ।

उक्त शाखाहरुको उद्घाटन पूर्व सभासद तथा बैंकका पूर्व अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतोले र क्रमशः नागराइन नगरपालिकाका मेयर प्रमेश्वर यादव र अग्रिसाइर कृष्ण सावरण गाउँपालिकाका अध्यक्ष परशुराम चौधरीसहित संयुक्त रुपले गरेका थिए ।

नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै, धनुषाको धारापानीमा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ । उक्त एटिएमको उद्घाटन मध्य पूर्वीय पृतना, धारापानीका पृतनापती ईश्वर हमालले गरेका हुन् ।

यस बैकले २०७४ साल चैत्र मसान्तसम्म रु ६८ अर्व निक्षेप परिचालन गरी रु. ६२ अर्व कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. ८१ करोड खुद मुनाफा गरेको छ । बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०६ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पूर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ८८ वटा एटीएमहरु संचालनमा रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार