न्यूनतम पारिश्रमिक निधारण समितिका विवादास्पद अध्यक्ष गंगाधर पराजुलीको लुटको धन्दा अझै जारी छ । पत्रकारहरूको तलब निर्धारण गर्ने सञ्चार माध्यममा पत्रकारहरूबारे स्थलगत निरीक्षण गर्ने पत्रकारहरूलाई तालिम र अन्र्तक्रिया गर्ने नाममा सरकारले दिएको करोडौं बजेटबा लागि नक्कली प्रतिवेदन बनाई ८/१० वटा जिल्ला अध्यक्षसँग मिलेर पैसा पराजुली एक्लैले सदस्यहरूलाई थाहा नै नदिई नक्कली प्रतिवेदन तयार बनाई असार मसान्तभित्र नै लाखौं लाख झ्वाम बनाउने तयारी गरेको भेटिएको छ ।
तत्कालीन देउवा सरकारका सूचना तथा प्रविधी मन्त्री मोहन बस्नेतले स्व. नेता खुमबहादुर खड्काको सिफारिसमा नियुक्त गरेका अध्यक्ष पराजुलीको लुटलाई बहालका मन्त्रीले समेत साथ दिएको देखिन्छ । विभिन्न जिल्लामा उनको संगठन नेपाल प्रेस युनियनमा आवद्ध केही पत्रकार भेला गराई अन्तक्रिया र तालिमका नाममा कार्यक्रम गरेका प्रतिवेदन तयार पारी ब्रह्मलुट मच्चाएका अध्यक्ष पराजुली विरुद्ध अख्तियारमा समेत उजुरी परेको स्रोतको दाबी छ ।
श्रमजीवी पत्रकारहरूको तलब १९ हजार पाँच सयबाट बढाएर २९००० हजार पु¥याउने चर्को आवाज नेपाल पत्रकार महासंघ लगायत संस्थाले उठाए पनि तलब वृद्धि गर्न लविङ गर्दै ठूला मिडिया हाउसमा पुगेको भेटिएको छ ।
राज्य मन्त्री सरहको सबै सेवा सुविधा लिएर बसेका अध्यक्ष पराजुलीका पछिल्ला क्रियाकलापलाई स्वच्छ छवि भएको नयाँ सञ्चार मन्त्रीले समयमै सचेत नगराए पत्रकारहरूको छविमाथि नै प्रश्न चिन्ह उठ्ने देखिन्छ ।
घरबाट बाहिर हिँडेपछि भत्ता र सेवा सुविधा पाउने भएपछि अध्यक्ष पराजुलीले अन्तक्रियाको नाममा ५६ जिल्लामा पुगी नक्कली प्रतिवेदन तयार पारी लुटको खेती गरेको सो संस्थाका एक सदस्यले बताए ।
अधिकांश कांग्रेसी पत्रकार भेला गरी मोजमस्ती गरेर राज्यकोष दुरुपयोग गरेका अध्यक्ष पराजुलीले पछिल्लो समय सञ्चार माधयामहरूको अनुगमन गर्ने नाममा केही समिति समेत बनाएर लुट मच्चाएको स्रोतको दाबी छ । राजतिलक साप्ताहिक