• होमपेज
  • अर्थ/वाणिज्य
  • प्रभु बैंकको २२ लाख ३१ हजार २६५ कित्ता शेयर लिलामी बिक्रीमा

प्रभु बैंकको २२ लाख ३१ हजार २६५ कित्ता शेयर लिलामी बिक्रीमा

  • सोमवार, असार ११, २०७५
प्रभु बैंकको २२ लाख ३१ हजार २६५ कित्ता शेयर लिलामी बिक्रीमा

प्रभु बैंक लिमिटेड (Prabhu Bank Limited.) ले असार ११ देखि २२ लाख ३१ हजार २६५ कित्ता शेयर लिलामी बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहतर्फको १५ लाख ६० हजार २०३ कित्ता र सर्वसाधारण समुह तर्फको ६ लाख ७१ हजार ६२ कित्ता शेयर लिलामीमा ल्याएको हो ।

लगानीकर्ताले असार ११ देखि १८ गतेसम्म लिलामी शेयरमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बैंक (PRVU) को शेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लिलामी शेयरमा प्रभु क्यापिटल कमलादी, प्रभु बैंकको केन्द्रीय कार्यालय बबरमहल, शाखा कार्यालयहरु आदर्शनगर बिरगञ्ज, जलजलाचोक विराटनगर, मिलनचोक बुटवल, न्यूरोड पोखरा, बिरेन्द्रनगर सुर्खेत, सुर्खेत रोड नेपालगञ्ज, गोदावरी रोड धनगढी, हल्लाचोक बाग्लुङ्ग र कावासोती नवलपरासीबाट शिलबन्दी बोलपत्र आवेदन गर्न सकिने छ ।

संस्थापक शेयरका लागि न्यूनतम एक हजार कित्ता र साधारण शेयरका लागि एक सय कित्ता शेयरका लागि निवेदन दिनुपर्नेछ । लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ वा सोभन्दा बढी मूल्यमा १० कित्ताको गुणाङ्कमा लिलामीमा आएको अधिकतम सबै कित्ता माग गर्न सक्नेछन् ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा