मुक्तिनाथ विकास बैंकले काठमाण्डौको कामाछापोखरीमा आइतार आफ्नो शाखा कार्यालय विस्तार गरेको छ ।
उक्त शाखा ओशो तपोवनका संंयोजक तथा संस्थापक स्वामी आनन्द अरुण र यस विकास बैंकका ब्रान्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) तथा कुञ्जना घिमिरे (सुन्तली) ले उक्त शाखा कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
शाखा कार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथि स्वामी आनन्दले मुक्तिनाथ विकास बैंकले प्रदान गरिरहेका सेवाहरुमा आर्थिक विकासका साथै सामाजिक, भौतिक, आध्यात्मिक तथा पर्यावरणको पनि विकास गर्नमा थप योगदान पु¥याउन शुभकामना दिएका थिए ।
उक्त कार्यक्रममा यस विकास बैंकका ब्रान्ड एम्बेसडर कट्टेल (धुर्मुस) तथा (सुन्तली) ले हरहमेसा बैंकसँगै रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए ।
मुक्तिनाथ विकास बैंकको हालसम्म ७८ वटा शाखाहरु औपचारिक रुपमा संचालनमा छन् भने काठमाण्डौ उपत्यका भित्र महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँ बानेश्वर, चावहील र भक्तपुरको कमलविनायकमा शाखाहरु संचालनमा आई सकेका छन् ।
साथै जोरपाटी, ठमेल, कोटेश्वर, कुपण्डोल, बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमा सेवा सञ्चालनको तयारीमा रहेको बैंकले जनाएको छ ।