• होमपेज
  • कृषि
  • प्रतिकिलो रु २० मा जडीबुटी निर्यात

प्रतिकिलो रु २० मा जडीबुटी निर्यात

  • शुक्रबार, असार ८, २०७५
प्रतिकिलो रु २० मा जडीबुटी निर्यात

नेपालमा प्रशोधन केन्द्र र प्रविधिको विकास नभएको कारण नेपाली घरेलु उद्योगको सोचेअनुसार विकास हुन नसकेको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।

जडीबुटीको धनी नेपालमा जडीबुटीको प्रशोधन हुनसके प्रतिकिलो रु २० मा विदेश निर्यात हुने जडीबुटीबाट नेपालले पर्याप्त आर्थिक लाभ लिन सक्ने सम्भावना छ । त्यस्तै कर्णाली प्रदेशमा पाइने जेम्स स्टोन पनि नगन्य मूल्यमा विदेशमा जाने गरिएको सो महासंघले जनाएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले नेपाली उद्यमीले न्यून पूँजीबाट वस्तु उत्पादन गर्ने तथा पुरानो प्रविधिका र ठूलो संख्यामा वस्तु उत्पादन नहुने कारण नेपाली ग्राहकको आकर्षणमा कमी तथा वस्तु उत्पादनमा लागत बढी लाग्ने गरेको बताए ।

सुन्तला तथा जुनारको जुस उत्पादन भए पनि प्याकेजिंग तथा लेभलिंग हुँदैन । त्यस्तै तराईमा चुरा बनाउने उद्योग, शृंगारका सामान, ढाका टोपी, पाउरोटी, दूध, कपडा, हाते कागज, जुत्ता, कागजका सामान, हस्तकला तथा मूर्तिकलाजस्ता घरेलु तथा साना उद्योग सञ्चालनमा रहेको र ती वस्तु अमेरिका, चीन, जापान, भारत, बंगलादेश, पाकिस्तानसहित थुप्रै मुलुकमा निर्यात हुने र त्यसबाट सरकारलाई कूल राजस्वको ५० प्रतिशत कर बुझाउने गरिएको जानकारी दिए ।

महासंघले दिएको जानकारीअनुसार नेपालको राष्ट्रिय अर्थतन्त्रमा कूल गार्हस्थ उत्पादनको ९० प्रतिशत औद्योगिक क्षेत्रको योगदान रहेको छ । त्यस्तै कूल राष्ट्रिय निर्यातको ७० प्रतिशत योगदान रहेको छ ।

अध्यक्ष सिंहले सानो स्केलमा सञ्चालन हुने लघु तथा घरेलु उद्योगबाट हरेक परिवारलाई पाँचदेखि १० जना सदस्यलाई रोजगारी दिने तथा विदेश पलायन हुने युवा शक्तिलाई रोकेको बताए ।

देशका ७७ जिल्लामा छरिएर रहेका महासंघसँग दुई लाख ९० हजार घरेलु तथा लघु उद्यमी आबद्ध छन् भने महिलाको सहभागिता बढाउन ५८ जिल्लामा महासंघको केन्द्रीय महिला उद्यमी कमिटीको सञ्जाल रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)