सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चितवन मानव सेवा आश्रमलाई तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकले आफ्नो दशौँ वार्षिकोत्सवको अवसर पारे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग प्रदान गरेको हो ।
आश्रमको सभाकक्षमा आयोजित कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समुपस्थितिमा आश्रमकी अध्यक्ष ममता शर्मा न्यौपानेलाई रू तीन लाखको चेक बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माद्वारा हस्तान्तरण गरियो । उक्त समारोहमाबैंकको नारायणघाट शाखाका प्रबन्धक बासुदेव सेढाई तथा चितवन मानव सेवा आश्रमका संचालक सदस्यहरुको उपस्थिति रहेको थियो ।