• होमपेज
  • अर्थ/वाणिज्य
  • सन्राइज बैंकको निस्दीमा शाखा बिस्तार

सन्राइज बैंकको निस्दीमा शाखा बिस्तार

  • बुधबार, जेष्ठ ३०, २०७५
सन्राइज बैंकको निस्दीमा शाखा बिस्तार

नेपाल सरकार तथा नेपाल राष्ट्र बंैकको सम्पूर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने लक्ष्य अनुरुप यस एन आई सी एशिया बैंकले आफ्ना दुई नयाँ शाखा बेदकोट नगरपालिका, वडा नं ५, दैजि, कञ्चनपुरमा स्थापना गरेको बेदकोट शाखा र सम्सी गाँउपालिका, वडा नं ६, महोत्तरीमा स्थापना गरेको सम्सी शाखा एक समारोहका बिच समुद्घाटन सुसम्पन्न भयो ।

बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दज्यूबाट बेदकोट शाखाको र सम्सी गाँउपालिकाका अध्यक्ष मो. शेख फारुकज्यूबाट सम्सी शाखाको विधिवत् समुद्घाटन सुसम्पन्न भएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २२४ शाखा कार्यालयहरु, २१० एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार