• होमपेज
  • अर्थ/वाणिज्य
  • गरिमा र सूर्यालाईफबीच बैंकास्योरेन्स सम्झौता

गरिमा र सूर्यालाईफबीच बैंकास्योरेन्स सम्झौता

  • आइतवार, जेष्ठ २७, २०७५
गरिमा र सूर्यालाईफबीच बैंकास्योरेन्स सम्झौता

गरिमा विकास बैंक लिमिटेड र सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

२०७५ जेष्ठ २७गते आईतबार आयोजित एक कार्यक्रममा सो सम्बन्धी समझदारीपत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र  सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे ।

सो सम्झौतापश्चात गरिमा विकास बैंकका ग्राहकहरुले विकास बैंकका सम्पूर्ण ५७ वटा शाखा कार्यालयबाट सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सेवा प्राप्त सक्नेछन् । विकास बैंकले आफ्ना ग्राहकहरुलाई प्रवाह गर्ने सेवामा विविधिकरण गर्दै जाने शिलशिलामा बैंकास्योरेन्स कार्य पनि एक महत्वपुर्ण कार्य रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार