• होमपेज
  • अर्थ/वाणिज्य
  • गरिमा विकास बैंकले ल्यायो ‘दम्पति बचत खाता’

गरिमा विकास बैंकले ल्यायो ‘दम्पति बचत खाता’

  • बुधबार, जेष्ठ २३, २०७५
गरिमा विकास बैंकले ल्यायो ‘दम्पति बचत खाता’

सर्वोच्च सम्पत्ति सुखी दम्पति” भन्ने नाराका साथ गरिमा विकास बैंकले “ गरिमा दम्पति बचत खाता” संचालनमा ल्याएको छ । प्रदेश नं. १ अन्र्तगत झापा, मोरङ्ग र सुनसरी जिल्लाका विभिन्न स्थानमा स्थापित ८ वटा शाखा कार्यालयको औपचारिक समुद्घाटनको पूर्वसन्ध्यामा बैंकले ९ प्रतिशत व्याजदरको नयाँ खाता सञ्चालनमा ल्याएको हो ।

बुधबार झापाको मेची पुलबाट गरिमा विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले उक्त खाताको सुरुवात गरेका हुन् । नयाँ खातामा उपलब्ध निशुल्क सेवाबाट बैंकमा खाता खोल्नेहरु लाभान्वित हुने बैंकका अध्यक्ष बरालको भनाई छ ।

बैंकमा उक्त खाता खोल्ने ग्राहकहरुले बार्षिक ९ प्रतिशत व्याज प्राप्त गर्नुका साथै एटीएम कार्ड, मोबाईल बैंकिङ्ग सुविधा, सि–आश्वा सुविधा र एविविएस सुविधा समेत निःशुल्क रुपमा प्राप्त गर्नेछन ।

Facebook Comments

सम्बन्धित समाचार