• होमपेज
  • अर्थ/वाणिज्य
  • सन्राइज बैंकको मार्मा शाखा बिस्तार

सन्राइज बैंकको मार्मा शाखा बिस्तार

  • आइतवार, जेष्ठ २०, २०७५
सन्राइज बैंकको मार्मा शाखा बिस्तार

सन्राइज बैंक लिमिटेडले दार्चुलाकोे मार्मा गाउँपालिका वडा नं ३ मा आफ्नो ८२ औं शाखा बिस्तार गरेको छ । दार्चुला जिल्ला विकास समन्वय समितिका सदस्य श्रीमती पार्वती सिंह र बैंकका कर्पोरेट बैकिङ्ग बिभागका प्रमुख हरि प्रसाद आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

बैंकले आफ्ना ग्राहकर्वगहरुलाई विभिन्न सुविधा दिने क्रममा हालै बचतखाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रारम्भ गरेको छ ।

उक्त बीमा अन्तर्गत सरकारी वा तोकिएको निजी अस्पतालहरुमा भर्ना भई उपचार गर्दा लागेको खर्च, बचत खातामा कायम रहेको वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा रु. १ लाख सम्मको खर्च सोधभर्ना प्रदान गर्ने तथा बैंकले देशभरका ७० भन्दा वढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउंदा ५ देखि २० प्रतिशत सम्म छुट उपलब्ध हुने व्यबस्था मिलाइएको छ भने, बैंकले बचत खातामा रहेको मौज्दातको ४ गुणा वा रु. ५ लाख सम्मको दुर्घटना बीमा पनि प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार