सहकारी विकास बोर्डका उपाध्यक्ष दक्ष पौडेल प्रभु बैंकको सञ्चालकबाट हटाइएका छन् । तत्कालीन देउवा सरकारका मन्त्रीलाई ३ करोड बुझाएर सहकारी विकास बोर्डको उपाध्यक्ष पद हात पारेका पौडेलको शैक्षिक योग्यता एसएलसी पास मात्रै रहेको खुलेको छ ।
लामो समय प्रभु समूहमा रहेका पौडेललाई केपी ओली सरकारले सहकारी विकास बोर्डबाट पनि हटाउने प्रक्रिया सुरु गरेको स्रोतको दाबी छ ।
लामो समय प्रभु बैंकको सञ्चालक रहेका पौडेल राष्ट्र बैंकले पछिल्लो समय सञ्चालक बन्न योग्यताको निर्देशिका जारी गरेपछि स्वतः हटेका हुन् ।
स्मरणीय होस्, दक्ष पौडेलको ३ करोडमा खरिद गरेको सहकारी विकास बोर्डको उपाध्यक्ष पद अब नरहने प्रष्टै भएको छ ।
प्रभु बैंकमा रहँदा दक्ष पौडेल र कुसुम लामाबीच चर्को विवाद भएपछि लामालाई प्रभु इन्स्योरेन्स कम्पनीको अध्यक्ष बनाइएको थियो ।
लामा र पौडेलको झगडापछि पौडेललाई प्रभु समूहले दिएको अफिल कोठामा लामाले सबै सामान बाहिर निकाली तालाबन्दी समेत गरेकी थिइन् । अहिले पौडेल प्रभु हाइड्रोका कार्यकारी निर्देशक पनि छन् । राजतिलक साप्ताहिकबाट