सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रदान गर्दै आएको छ । उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च १ लाख रुपैयाँमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइने बैंकले जनाएको छ ।
यसै क्रममा बैंकको कलंंकी शाखाका ग्राहक श्रीमती शान्ती काउचालाई उपचार खर्च ३५ हजार ९४ रुपैयाँ बराबरको रकम बैंकका सहायक महाप्रबन्धक सर्बेन्द्र मिश्रले प्रदान गरेका थिए ।
साथै बैंकको नारायणगढ शाखाका ग्राहकद्धय विक्रम अधिकारीलाई उपचार खर्च ७६ हजार ८ सय २७ रुपैयाँ तथा श्रीमती राधा श्रेष्ठलाई उपचार खर्च ४ हजार २२ रुपैयाँ र राजविराज शाखाका ग्राहक रामअवतार यादवलाई ४२ हजार १ सय ११ रुपैयाँ बराबरको रकम प्रदान गरेको बैंकले जानकारी दिएको छ ।
बैंकले यस “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत देशभरका ६० भन्दा बढी तोकिएका निजी अस्पतालहरुमा स्वास्थ परिक्षण गराउँदा ५ देखि २० प्रतिशत सम्म छुट प्रदान गर्दै आएको छ ।