हिमालयन बैंकको रेमिट्यान्स कम्पनी हिमाल रेमिटभित्र ५० करोडभन्दा बडी रकम घोटाला भएको फेला परेको छ । हिमालयन बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठको संलग्नतामा खोलिएको हिमाल रेमिटको एजेन्ट कम्पनी म्याक्स मनी ट्रान्सफर मार्फत २० लाख डलरसम्मको सीमा कायम गरी पत्र दिई ५० करोड घोटला भएको भेटिएको हो ।
यसरी भएको छ ५० करोड घोटाला
यो घटना हिमालयन बैंकको रेमिट्यान्स कारोबार र मलेसियाबाट तथा अन्य देशबाट नेपाल आउने रेमिट्यान्स रकमको हो । नेपाल राष्ट्र बैंकको निर्देशिकामा ‘रेमिट्यान्सबाट पठाउँदा, उक्त समयको विनिमय दर लगाई सोही रकम नेपाल पुगेर बैंकको खातामा पुगेपछि मात्र पैसा पाउने व्यक्तिलाई दिनू’ भन्ने छ । या उक्त एजेन्टबाट बैंक ग्यारेन्टी लिनुपर्ने हुन्छ ।
तर यहाँ म्याक्स मनी नाम गरेको हिमाल रेमिटको एक एजेन्ट कम्पनीले पैसा पठाउनुभन्दा पहिले नै यहाँबाट ग्राहकलाई दिने र समयमा हिसाब मिलान नगर्नुले गर्दा सो हिसाब मिलान नभएको रकम चालिस करोडभन्दा बढी पुगेको हो । यस कार्यका मुख्य कर्मचारीहरू भनेका यस बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठका विश्वास पात्रहरू हुन् ।
यसरी म्याक्स मनीलाई हिमालयन बैंकको कोषमा रहेको पैसा प्रयोग गर्न दिने र त्यो पनि विना कुनै ब्याजको सुरुवात गर्ने अनन्त राजभण्डारी हुन् जो अध्यक्षका ससुराली तर्फका नजिकका नातेदार हुन् । उनी हरेक वर्ष प्रमोसन पाएर निकै उच्च पदमा पुगिसकेका थिए । यहाँ अनन्त राजभण्डारीले लिखित रूपमा म्याक्स मनीलाई २० लाख डलरसम्म उक्त सीमा कायम गरिएको भन्ने चिठ्ठी दिएका छन् ।
यो निर्णय भएको पनि छैन र यसरी लिखितमा दिने अधिकार पनि छैन । न अनन्त राजभण्डारीलाई न त मनोज बहादुरलाई नै यो अधिकार छ, तर यस्तै भएको छ । यो सबै यी दुई साथै उज्जल राजभण्डारीको मिलिमतोमा नै भएको हो । अन्य कोही भएको भए त कारबाही गरी मुद्दा हालिसकेको हुन्थ्यो ।
यस्तो गर्नुको एक मात्र उद्देश्य भनेको नै व्यक्तिगत लाभ लिनु हो । उनी प्रति अन्य उच्च पदका कर्मचारीहरू र संचालकहरूको व्यवहार हेर्दा हरेक वर्ष बढुवा, हरेक महिना विदेश भ्रमण र साततारे सम्मको दुबईको होटलमा बसाई लगायतका विलासी जीवन बिताइरहेका छन् ।
यस्ता हल्लालाई आधार मान्ने हो भने त उनको, उज्जल राजभण्डारी र अध्यक्षको (लण्डनमा) एउटा रेमिट्यान्स कम्पनी छ र यस्ता रेमिटेन्स एजेन्टहरूबाट आउने कमिसन (उनीहरूको हिस्सा) यसैमा जम्मा हुन्छ भनिन्छ । यसलाई होइन भन्नलाई केही आधार पनि छैन ।
यसरी हिसाब मिलान हुन नसकेको रकम चालिस करोडको हाराहारीमा रहेको पत्ता लागेपछि उक्त रेमिट्यान्स एजेन्टले त्यत्रो रकम हुनै नसक्ने र उसले कुनै हालतमा नदिने अनन्त राजभण्डारीले केही समय पहिला नै हिमालयनको जागिर छाडिसकेका छन् । यो पनि संलग्न सबैको सल्लाहमा नै भएको पक्कै हो ।
यसमा संलग्न अर्का ठूला कर्मचारी डिजियम उज्जल राजभण्डारी हुन् । उनी र अनन्तद्वारा यसको सबै प्रपञ्च रचिएको हो । अहिले आएर यति धेरै घाटा रकम लुकाउन र राफसाफ गर्न उनी आफैं लागिपरेका छन् । यस घाटा रकमका बारेमा थाहा पाउने सबैलाई उनले तर्साएर चुप लगाइसकेका छन् । बंैकको तलदेखि माथिसम्मका सबैजना यस रकमलाई नदेखेको जस्तो गरेर बसिरहेका छन् । बैंकको प्रगतिका एक ठूलो बाधक भनेको मनोज र उज्जल नै हुन् ।
अहिलेसम्मका हरेक ठूला दुर्घटनाहरूमा उनीहरूको महत्वपूर्ण भूमिका रहँदै आएको छ । यो संयोग मात्रै त हुनै सक्दैन । तैपनि न उनलाई कुनै कारबाही भएको छ न त प्रमोसन ग्रेड रकोकिएको छ । अझै निकट भविष्यमा नै जेनरल म्यनेजरमा बढुवा हुँदैछन् भन्ने सुनिन्छ ।
उनीसँग खासै केही विषयको ज्ञान नै छैन, तर उनले लादेको हरेक निर्णयले बैंकलाई घाटा मात्र पु¥याएको छ । बैंकको बिग्रँदो स्थितिका लागि मुख्य जिम्मेवार पनि उहाँ र उहाँलाई त्यहाँसम्म पु¥याउनेहरू नै हुन् । उनको हरेक महिना कम्तिमा दुई विदेश भ्रमण हुन्छन् । त्यो पनि बैंकको पैसामा । तर के को लागि भनेर कसैलाई थहा छैन । यस्तालाई बैंकमा अझै राखेर बढुवा दिइयो भने त के हो अनुमान गर्न गाह्रो पटक्कै नहोला । यो त क्यान्सर जस्तो रोग हो बैंकका लागि ।
यसरी हिसाब मिलान नभएपछि यसरी कारोबार भइरहेको खातालाई ‘फ्रिज’ गरिन्छ र हिसाब मिलानतर्फ लागिन्छ तर यस्तो केही गरिएको छैन । यो बैंकको घाटाको मात्रै नभएर विदेशी मुद्राको अवचलन पनि हो र कानून निकै कडा छ यस विषयमा ।
यहाँले नेपाल राष्ट्र बैंक तथा अन्य सरकारी निकायबाट छानविन र कारवाहि नगरेदेखि यसले एक दिन तँपाईको पूर्वजले योगदान गरेको बैंक नै डुब्ने खतरा रहिरहन्छ । नेपाल राष्ट्र बैकले अडित गर्दा रकम १८ करोड थियो र यो हिसाब मिलान नभएको मात्रै हो र यस वर्ष सबै मिलाउँछु भनेपछि छोडिएको थियो तर मिलाउनु वा घटाउनु त कहाँ हो कहाँ उल्टै यस्तो रकम एक अरब नाघिसकेको छ जसमा ५० करोड जति त म्यास् मनि को नै पुगेको छ । राजतिलक साप्ताहिक