• होमपेज
  • बीमा
  • ओरिएण्टल इन्स्योरेन्सको मुनाफा ३८ प्रतिशतको गिरावट

ओरिएण्टल इन्स्योरेन्सको मुनाफा ३८ प्रतिशतको गिरावट

  • मङ्लबार, जेष्ठ ८, २०७५
ओरिएण्टल इन्स्योरेन्सको मुनाफा ३८ प्रतिशतको गिरावट

ओरिएण्टल इन्स्योरेन्स कम्पनी लिमिटेड (Oriental Insurance Co.Ltd.) ले तेस्रो त्रैमासमा खुद नाफा ३८ दशमलव ७२ प्रतिशतले घटेर १२ करोड ५६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा २० करोड ४१ लाख रुपैयाँ पुगेको थियो ।

ओरिएण्टल इन्स्योरेन्सले जगेडाकोषमा २ करोड ८७ लाख रुपैयाँ नोगेटिभमा र जीवन बीमाकोषमा ४९ करोड १२ लाख रुपैयाँ राखेको छ । आम्दानीमा २४ दशमलव २४ प्रतिशतले घटेर १७ करोड ५५ लाख रुपैयाँ पुगेको छ भने खर्च ८१ दशमलव ४८ प्रतिशतले बढेर ४ करोड ९९ लाख पुगेको छ ।
कम्पनीको खुद बीमा शुल्क ४८ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको छ भने खुद दाबी भुक्तानी ३७ करोड ३३ लाख रुपैयाँ गरेको छ ।

 

यहि अवधिमा कम्पनिले ६१ करोड ७२ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने ४३ करोड ४२ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । जसको बीमालेख संख्या ८ हजार २ सय ८८ वटा र दाबी भुक्तानी संख्या १ हजार २ सय ७१ वटा रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार