मनोज कुमार भट्टराई चिनाइराख्नु पर्ने नाम होइन । स्वच्छ छवि बनाएका भट्टराई प्राइम लाईफ इस्योरेन्सका सीइओ हुनुहुन्छ । भट्टराई ग्रान्ड बैंक आउनुअघि नेपाल लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए ।
बीमा क्षेत्र जानुअघि पनि उनी बैंकिङ क्षेत्रमा कार्यरत थिए । त्रिभुवन विश्वविद्यालयबाट २०३८ सालमा स्नातकोत्तर सकेपछि उनले त्यहीँ लेखा अधिकृतका रूपमा करियर सुरू गरेका थिए । त्यसपछि उनी तत्कालीन नेपाल औद्योगिक विकास निगम (अहिलेको एनआइडीसी डेभलपमेन्ट बैंक) मा शाखा अधिकृतका रूपमा छिरेका थिए ।
एनआइडीसीमा छँदै उनी संयुक्त राष्ट्र संघको व्यवस्थापन सल्लाहकारका रूपमा अफ्रिका गएका थिए । त्यहाँबाट फर्किएपछि पुनः एनआइडीसीमा जोडिएका उनी सन् २००५ मा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा वरिष्ठ प्रबन्धकमा रूपमा बीमा क्षेत्रमा छिरेका थिए ।
भट्टराई २००६ मा नेपाल लाईफ छाडेर डीएफआइडी गएका थिए भने २००७ मा त्यहाँबाट फर्किएर नेपाल लाईफको प्रमुख कार्यकारी अधिकृत भएका थिए । २०११–२०१४ सम्म ग्रान्ड बैंकमा महाप्रबन्धकका रूपमा काम गरेका थिए । सीइओ सुधिर खत्रीले राजीनामा दिएपछि बैंक सञ्चालक समितिले उनलाई कामु प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो ।
यिनै बीमा विज्ञ एवं बैंकर भट्टराईसँग बीमाको आवश्यकता, कम्पनीको पूँजी वृद्धि योजना, बीमा कम्पनीको समस्या र बीमा समितिको पछिल्ला निर्देशनमा केन्द्रित रही बरिष्ठ पत्रकार भूपेन्द्र आचार्यले गर्नु भएको कुराकानीको केही महत्वपूर्ण अंशः सम्पादक ।
प्राइम लाईफ इस्योरेन्स कम्पनी लिमिटेडको पछिल्लो वित्तीय अवस्था कस्तो छ ?
हाम्रो प्रगति सन्तोषजनक छ । हाम्रो वित्तीय विवरण अत्यन्तै राम्रो छ । म यस संस्थामा आएको ३७ महिना भयो । यो बीचमा हामीले धेरै काम ग¥यौं । व्यापार बढाउनुको साथै पूँजी वृद्धिको प्रकृया अगाडि बढाएका छौं । प्राइम लाईफ इन्स्योरेन्सको २०७४ आषाढसम्मको साधारण सभा सम्पन्न भएको छ ।
निजी क्षेत्रको जीवन बीमा कम्पनी प्राइम लाईफ इन्स्योरेन्स कम्पनीले तेस्रो त्रैमासमा खुद मुनाफामा ३३ दशमलव ६४ प्रतिशतले बढेर १४ करोड ३१ लाख रूपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १० करोड ७४ लाख रूपैयाँ वृद्धि गरेको छ । ६१ करोड २ लाख रूपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडा कोषमा ९४ करोड ८२ लाख रूपैयाँ र जीवन बीमा कोषमा ५ अर्ब ९८ करोड ४० लाख रूपैयाँ राखेको छ ।
जसले आम्दानीमा ३२ दशमलव ५१ प्रतिशतले बढेर २१ करोड ६४ लाख रूपैयाँ पुर्याएको छ भने खर्च ३० दशमलव ४५ प्रतिशतले बढेर ७ करोड ३२ लाख रूपैयाँ पुगेको छ । कम्पनीको बीमा शुल्क खुद १ अर्ब ४५ करोड ५१ लाख रूपैयाँ आर्जन गरेको छ भने दाबी भुक्तानी खुद १८ करोड ७८ लाख रूपैयाँ रहेको छ । कूल कायम बीमा लेखाको संख्या ५ लाख ५९ हजार ६५२२ वटा र कूल दाबी भुक्तानी संख्या ९ सय १९ वटा रहेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी ३१ दशमलव २८ रूपैयाँ, प्रति शेयर नेटवर्थ २ सय ६९ दशमलव ३१ रूपैयाँ र मूल्य आम्दानी अनुपात २० दशमलव ४३ गुणा रहेको छ । यी सबै सूचकबाटै प्रष्ट हुन्छ । प्राइम लाईफ इन्स्योरेन्स कम्पनीको पछिल्लो वित्तीय अवस्था । नेपाल लाईफ इन्स्यारेन्स कम्पनीमा मैैैैैैले धेरै मेहनत गरेको थिएँ ।
अब प्राइम लाईफल।ई नेपालकै एक उत्कृष्ट इन्स्योरेन्स कम्पनी बनाउने योजना मेरो छ । हामीले बीमितहरूलाई दिनुपर्ने दावी भुक्तानी समयमा नै दिएको छौं । संस्थाको अपरेशन सिस्टम एकदमै राम्रो छ । कम्प्लाइन्सको पाटो अत्यन्त्त राम्रो छ । जोखिम के छ भने ‘यो कम्पनी धेरै राम्रो छ, यो कम्पनीको कर्मचारी तान्नुपर्छ’ भनेर अन्य बीमा कम्पनीहरूले हामीलाई एट्याक गर्ने डर अझै बढेको छ ।
प्राइफ लाईफ इन्स्योन्सको प्रगति हुनुको पछाडिको कारण चाहिँ के हो ?
यसको श्रेय कम्पनीमा कार्यरत सबैजनालाई जान्छ । प्राइम लाईफ इन्स्योरेन्सले अब नयाँ बाटो लिएको प्रष्ट छ । हाम्रो कम्पनी अगाडी बढेको छ । मैले आफूभन्दा अघिको व्यवस्थापनलाई दोष दियो भने म पछि यस कम्पनीमा आउने प्रमुख अधिकृतले पनि मलाई दोष देला ।
जीवन बीमा कम्पनी राम्रोसँग चलाउने हो भने त्यसको मूल मन्त्र भनेको खर्च कटौती हो । खर्च धेरै गर्ने कम्पनी कहिल्यै पनि माथि जान सक्दैन । किनकि जीवन बीमा कम्पनी भनेको सबैभन्दा लामो अवधिको दायित्व बोक्ने व्यवसाय हो । आज यस कम्पनीमा १६ वर्षको मान्छेले ६५ वर्ष उमेरसम्मको लागि बीमा ग¥यो भने कम्पनीले बीमितको ४९ वर्षसम्मको दायित्व लिनुपर्छ । ४० र ५० वर्षपछिको भविष्य सोचेर व्यवसाय गर्नु पर्ने भएकोले बीमितको पैसा जथाभावी खर्च गर्नु हुँदैन ।
प्राइम लाईफ इन्स्योरेन्स कम्पनीको पूँजी वृद्धिको योजना के छ त ?
यस कम्पनीमा हाल चुक्ता पुँजी ६१ करोड २ लाख रूपैयाँ छ । हामी १०० बराबर १६० अनुपातमा हकप्रद सेयर निष्काशन गर्दैछौं । हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५८ करोड रूपैयाँ पुग्नेछ ।
गत आर्थिक वर्ष २०७३ र ७४ र चालु आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट कम्तिमा ४२ करोडको बोनस सेयर दिन सकिन्छ । यसरी बीमा समितिले तोकेको समयभित्र नै २ अर्ब चुक्ता पूँजी पुर्याउने योजना बनाएका छौं । यसका लागि हामी अगाडि बढिसकेका छौं । केही प्रक्रिया पूरा भए भने केही प्रकृया साधारण सभाबाट पारित गरेर अगाडि बढेको अवस्था छ नि ।
नेपालमा १० वटा नयाँ लाईफ इन्स्योरेन्स कम्पनी बजारमा आएका छन् । यसले बजार बढाउने हो कि प्रतिस्पर्धा ?
नयाँसँग हामी पुराना कम्पनीको प्रतिस्पर्धा खासै हुँदैन तर पनि बजार विस्तार हुने प्रस्टै छ । नयाँ बीमा कम्पनीहरूले नयाँ ठाउँमा पुग्नुपर्नेमा जहाँ पूराना कम्पनी छन् । त्यहीँ शाखा विस्तार गरेको देखिन्छ । कम्पनी बढ्नु राम्रो हो तर, बीमा गर्नेहरूको संख्या बढाउनु पर्यो नि ।
१०÷१५ प्रतिशत मात्रै नेपालीहरू बीमाको पहुँचमा छन् । यसलाई बढाउनु पर्दछ । नयाँ कम्पनी आए सबैभन्दा पहिला जनशक्ति व्यवस्थापन ठूलो चुनौति हुन्छ । निश्चित जनशक्ति बाहिर जान्छन् । भएका कर्मचारीबाट १५ प्रतिशतसम्म बाहिरिँदा समस्या आउँदैन । त्योभन्दा पनि बढी बाहिरिए भने त्यसपछि व्यवस्थापन कार्य कठिन बन्छ ।
नयाँ कम्पनी खोल्दा जो कोहीले केही पुराना कर्मचारी तान्छन्, धेरैले त नयाँ कर्मचारी नै राख्छन् । हाम्रोमा पनि यस्तो अवस्था भयो, केही गए कोही आए ।
नयाँ कम्पनीले पुराना कम्पनीको व्यवसायमा ठूलो असर गर्दैन । जीवन बीमा एजेन्ट बेस बिजनेस हो । एजेन्ट कमिशनमा बीमा समितिले १८ प्रतिशत तोकेको छ । यो नियमका कारण एजेन्ट धेरै यताउता हुने सम्भावना छैन । नयाँ एजेन्ट थप्नु नै सबैको हितमा हुन्छ ।
अर्थशास्त्रको नियम अनुसार आपूर्ती वृद्धिले पनि बजारमा मागको सिर्जना गर्छ । यतिबेला माग बढेर आपूर्ती बढेको होइन । आपूर्ती वृद्धिले माग बढाउनु पर्ने अवस्था छ । यसका लागि फाइप ‘पी’मा नै प्रतिस्पर्धा गर्ने हो । प्रडक्ट, प्राइस, पिपुल, प्लेस, प्रमोशन । यहाँ प्रडक्टमा खास फरक पर्दैन ।
प्राइस पनि अलमोष्ट सेम हुन्छ । प्लेस महत्वपूर्ण हुन्छ । हामी ग्राहकको ढोकामा जानैपर्छ । प्राइम लाईफको कुरा गर्दा १३० शाखा, उपशाखा, सम्पर्क कार्यालय छन् । ७३ जिल्लामा हाम्रो नेटवर्क छ । त्यसैले हामीलाई धेरै ठूलो असर पर्दैन ।
प्राइम लाईफ द्रूत गतिमा अगाडि बढेको इन्स्योरेन्स कम्पनी हो । हामी सबै कुरामा अगाडि छौं ।
बीमा कम्पनीहरूका समस्या के कस्ता छन् ?
हरेक नेपालीले बीमा के हो र यसको फाइदा केका लागि हुन्छ भन्ने कुरा बुझ्न आवश्यक छ । अहिले बीमा क्षेत्रमा देखिएको मुख्य समस्या भनेको बीमा चेतना नै हो । मैले यो कुरा किन गरिरहेको छु भने विकसित मुलुकमा औसत उमेर र प्रतिव्यक्ति आय उच्च रहेको हुन्छ ।
हाम्रो छिमेकी मुलुक भारतमा नै हेर्ने हो भने छोटो समयमा इन्स्योरेन्स क्षेत्रमा विकास भएको छ । नेपालमा पनि केही वर्षदेखि बीमाप्रति जनचासो बढ्दै गएको छ । नेपालीले पनि आफ्नो जीवनमा जोखिम रहेको अनुभव गरिरहेका छन् । जोखिमको समाधान बीमाले नै गर्छ भन्ने चेतना अझै पूर्ण रूपमा फैलन सकेको छैन ।
मैले अघि पनि भने बीमाको महत्व के हो त्यो बुझ्नुपर्छ । बीमा गर्नु भनेको नै भविष्यको जोखिम अन्त्य गर्नु हो । जसले यो कुरा बुझ्नुभएको छ, उहाँहरूले बीमा गर्नुभएको छ । पछिल्लो समय बीमा गर्ने हो भने जोखिम बीमा कम्पनीले बोकिदिन्छ भन्ने चेतनाको वृद्धि हुँदै गएका कारण बीमामा नागरिकको पहुँच पनि बढ्दै गएको छ ।
यसका लागि बीमा अभिकर्ताहरू जानकार र क्षमतावान चाहिन्छ । बीमा अभिकर्ता क्षमता हुने हो भने बीमाबारे आमनागरिकले सजिलोसँग बुझ्न पाउँछन् र यसमा आकर्षण बढ्छ । यसको अलावा मानिसको उपलब्धिमूलक इन्स्योरेन्स हुनु पनि जरूरी छ । अहिलेकोे अवस्थालाई हेर्ने हो भने कसैको दबाब वा आग्रहमा मात्रै बीमा गर्ने प्रचलन छ । दबाब वा आग्रहमा नभई आफंैले बुझेर आफ्नै लागि बीमा गर्ने प्रचलन आउनुपर्छ ।
मलाई भनिदिनुहोस्, नेपालमा मात्रै १०÷१५ प्रतिशत मानिस बीमाको पहुँच भित्र छन् । बीमा कम्पनी बढेका छन् । यो सख्या बढाउन के के गर्नुपर्ला ?
अत्यन्तै महत्वपूर्ण प्रश्न सोध्नुभयो । बीमा भनेको जीवनको दुःखको साथी हो । दुःख परेपछि बीमाको अर्थ बुझ्ने जनसख्या बढी भए पनि बीमा गर्नेको सख्या कमी छ ।
सबैभन्दा पहिलो कुरा जनचेतनाकै अभाव हो । यसका लागि राज्य र हामी सबै लाग्नुपदर्छ । अर्को कुरा बीमा विश्वासको हो । बीमाका अभिकर्ताहरूलाई शिक्षा, तालिम र ज्ञान दिनुपर्दछ । बीमा भन्ने बित्तिकै मानिस वास्ता गर्दैनन् ।
भनिन्छ, यो मृत्युपछि पनि पाइन्छ भनेपछि राम्रो सोच्नु गर्दछ । त्यस कारण बिरामी हुँदा, दुर्घटना हुँदा यसको महत्व हुन्छ । पैसा बीमा कम्पनीले दिन्छ यो बुझाउनु जरूरी छ ।
बीमा कम्पनीहरूको सेयर मूल्य बैंक र विकास बैंकको भन्दा बढी हुनुको कारण के हो ?
पूँजी वृद्धि बैंकहरूको भइसकेको अवस्था छ । बीमा कम्पनीहरूको पूँजी बृद्धि सुरू भएको अवस्था छ । बोनस र राइट सेयरको आसमा पनि यस्तो हुनु स्वभाविक हो ।
प्राइम लाईफ इन्स्योरेन्स कम्पनी हाँक्ने योजना चाहिँ के के छन् त ?
म सीइओ भएपछि बिजनेसमा उच्च ग्रोथ छ । कन्भेन्सनल बिजनेसमा प्रिमियम नै १४० करोड रूपैयाँ आएको छ । ४० करोड रूपैयाँ वैदेशिक रोजगारी बीमाको प्रिमियम आएको छ । तीन वर्षको फस्ट प्रिमियम मात्र १६० करोड रूपैयाँ संकलन भएको छ । कम्पनी स्थापना पछिको ६ वर्षमा भन्दा पछिल्लो तीन वर्षमा धेरै बिजनेस भएको छ । हामी धेरै अगाडि बढेको अवस्था हो ।
तर कम्पनी जति राम्रो भए पनि सेयरधनीले खोज्ने नाफा हो । नाफा भएन भने पनि वार्षिक साधारणसभा त नियमित भएको हुनुप¥यो । कम्पनी लाइसेन्स नविकरण भएको हुनुपर्यो । नियामक निकायको नीति निर्देशन पालना भएको हुनुपर्यो । वार्षिक साधारणसभा नभएपछि कम्पनीको लाइसेन्स नविकरण भएको थिएन ।
नियमक निकाय र सेयरधनीले उठाउने आधारभूत प्रश्नको जवाफ दिन नसकेको बेलामा हामीलाई बजारमा भिजिबिलिटी बढाउन गाह्रो भयो र पछिल्लो समयमा कम्पनीको भिजिबिलिटी कम भएकै हो । व्यवसाय राम्रो गर्दागर्दै पनि लो प्रोफाइलमा बसेर काम गर्नुपरेको हो ।
बीमा समितिले बीमा कम्पनीका प्रमुख (सीइओ)हरूलाई पनि बैंक जस्तै गरि टाइम अवधि लागू गरेको छ नि ?
लगानीकर्तालाई नै निर्णय गर्न दिनुपर्ने विषय जस्तो मलाई लागेको छ । तर केही कम्पनीमा बद्मासी भएको भन्दैमा सीइओको समय सीमा तोक्नु उचित हुँदैन । तर नियामक निकाय (रेगुलेटर)ले ल्याएको निर्देशन हामीले पालना गर्नुपर्दछ ।
नेपालमा बीमा भन्ने शब्द जनतालाई बुझाउन नसक्नुको दोषी को हो ? राज्य वा बीमा कम्पनीहरू ?
बीमा बुझाउने दायित्व सबैको रहन्छ । राज्यले बीमाको पाठ्यक्रम ल्याउनु पर्यो । हामी बीमा कम्पनीले बीमक अभिकर्तामार्फत यसको फाइदाबारे बुझाउन सक्नुपर्यो ।
बीमा भनेको बाँच्न सिकाउने कुरा हो । ढुक्कसँग निन्द्रा लगाउने बीमाले नै हो । स्वास्थ्य बीमा, जीवन बीमा, जो जीवनमा अनिवार्य हुनुपर्दछ । जीवनमा भैपरी आउने रोग दुर्घटनाबाट बच्न बीमा गर्नुपर्दछ । यसको खर्च सबै बीमा कम्पनीबाट हुन्छ । मुख्य कुरा शिक्षा र जनचेतनाको कमी नै बीमा नहुनुको मुख्य कारण हो ।
तपाईं आएपछि के कस्ता प्रोडक्ट बजारमा ल्याउनु भयो त ?
घरकर्जा बीमा हामीले सनराईज बैंकबाट सुरू गरेका छौं । यो सफल भएको छ । अरू नयाँ प्रोडक्ट ल्याउने तयारीमा छौं । अरू लाईफ इन्स्योरेन्स कम्पनीले दिने सबै सेवा हामीले दिएका छौं । नाफा पनि दिएका छौं । लगानीकर्तालाई हामी राम्रो बीमा कम्पनी भित्र नै छौं ।
स्थिर सरकार आएको छ, अब अर्थतन्त्रले फड्को मार्ने हो त ?
सबै पार्टीका मुद्दा आर्थिक नै छन् । विकासकै छन् । विकास भए पैसा चलायमान त हुन्छ । पैसा चलायमान भए बैंक र बीमाका सूचक चलायमान रहन्छ । सबै संस्थाका जिम्मेवारी बढ्ने छ ।
विकास हुन जरूरी छ । पैसा चलायनमान हुन अर्थतन्त्र बलियो बन्नु हो । स्थिर सरकार आएपछि लगानी आउने पनि हो । लगानी आएपछि बीमाका कुरा पनि होलान् । त्यसकारण राज्यलाई हामी सबैले साथ र सहयोग गर्नुपर्दछ । देश हामीले बनाउने हो नि ।
प्रसंग बदलौं, नेपालमा बीमा भनेपछि मानिस ठगिन्छन् भन्ने डर मान्दछन् । तर विदेशमा मानिस जन्मिएकै दिन बीमा हुन्छ । किन यस्तो फरक ?
यो समाजमा जनचेतनाको अभाव र राज्यको पोलिसी नभएकै कारण यस्तो भएको हो । भविष्यमा हामी पनि जन्मिदै बीमा गर्न सक्दछौँ तर, कम्पनीहरू लागि पर्नुपर्यो ।
तपाईंले यति भनिरहँदा बीमा कम्पनीका बीमक अभिकर्ताबाटै ग्राहक ठगिएका पनि छन् भनिन्छ नि सत्य हो ?
बीमा गर्न हामीले बिमक अभिकर्तालाई केही कमिशन दिएका हुन्छौं । उहाँहरूले ग्राहकलाई बुझाउन धेरै कुराको लोभ देखाएको सुनिन्छ ।
कसैले बीमाको रकम केही वर्षमा डबल हुने समेत भनेको पाइन्छ । यो सत्य होइन । बीमा गर्नु जरूरी छ । तर बुझेर गर्नु पर्दछ । कम्पनीको पोलिसी अनुसारका प्रोडक्टहरूको बीमा हुनु जरूरी छ । पहिला–पहिला केही ठगिएका घटना आए तर, अहिले यस्तो छैन । हामीलाई हेर्ने नियमक निकाय बीमा समिति छ । उसको निर्देशन भित्र रहेर काम गर्नु पर्दछ नि ’
अन्त्यमा बाँकी केही छ ?
बीमा दुःखको साथी हो । केही रकम बचत गरेर बीमा गरौं । रोग, दुर्घटनाबाट बच्न बीमा गर्नु जरूरी छ । पहिला बीमा गरौं । अर्को कुरा प्राइम लाईफ कम्पनी मार्फत बीमा गरौं । जीवन सुरक्षित बनाऔँ, सुखी बनौं । भन्न चाहन्छौं ।आर्थिक बजार मासिकबाट