जनता बैंक नेपालले लमजुङको दोर्दी गाउँपालिकामा तीन दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा निःशुल्क मोतिबिन्दु अपरेशन, महिलाको पाठेघरसँग सम्बन्धित रोग, नाँक, कान, घाँटी र सामान्य चिकित्सा सम्बन्धी स्वास्थ्य परीक्षण गराएका थिए ।
सोमध्ये ३० जना बिरामीको शिविरस्थलमै मोतिबिन्दूको अपरेशन गरिएको थियो । २९ जना महिलालाई पाठेघर सम्बन्धी अपरेसनको लागि अस्पतालमा सिफारिस गरिएको छ । भने ५०० जनाभन्दा बढी आँखाको समस्या भएका व्यक्तिहरुलाई निःशुल्क चस्माका साथै सम्पूर्ण बिरामीलाई आवश्यक औषधि वितरण गरिएको थियो ।
आँखाको अपरेशन गरेका बिरामीको चौथो दिनमा शिविरमै फलोअप राखिएकोमा सबै बिरामीहरुको अवस्था सामान्य रहेको थियो । उक्त स्वास्थ्य शिविरको समापनको अवसरमा दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले गाउँसम्म आई यति धेरै जनताको स्वास्थ्य उपचारमा सहयोग गरेकोमा जनता बैंक तथा सहयोगी संस्थाप्रति हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।