प्राइम लाइफ इन्स्योरेन्सको हकप्रद शेयर लिलामी हुने भएको छ । कम्पनीले गत चैत २७ गते हकप्रद शेयरका लागि आवेदन आवहान गरेको थियो ।
उक्त कम्पनीको शेयर आवेदनको समयमा हकप्रद भर्न नआएका शेयरधनीको शेयर दुइ लाख ७९ हजार ७८ कित्ता शेयर लिलाम गर्न लागेको कम्पनीले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
लिलाम प्रक्रियामा भाग लिन चाहने लगानीकर्ताहरुले न्युनतम मुल्य एक सय रुपैयाँ कबोल गरि जेठ ९ गतेसम्म आवेदन दिन सकिने छ ।