• होमपेज
  • समाचार
  • प्रिमियर इन्स्योरेन्सको मुनाफामा २९ प्रतिशतले वृद्धि

प्रिमियर इन्स्योरेन्सको मुनाफामा २९ प्रतिशतले वृद्धि

  • मङ्लबार, जेष्ठ १, २०७५
प्रिमियर इन्स्योरेन्सको मुनाफामा २९ प्रतिशतले वृद्धि

प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले तेस्रो त्रैमासमा खुद मुनाफा २९ दशमलब ५७ प्रतिशतले वृद्धि गरी १३ करोड ३५ लाख रुपैयाँ कमाएको छ । गत बर्षको सोहो अवधिमा प्रिमियर इन्स्योरेन्सले नाफा १० करोड ३० लाख रुपैयाँ कमाएको थियो ।

५८ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा ७० करोड ४५ लाख रुपैयाँ राखेको छ । जसको आम्दानी २२ करोड १७ लाख रुपैयाँ कमाएको छ भने खर्च ८ करोड ८१ लाख रुपैयाँ रहेको छ । कम्पनीले बीमा शुल्क खुद ६२ करोड १४ लाख रुपैयाँ आर्जन रहेको छ भने २९ करोड ८७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी खुद गरेको छ ।

कम्पनीको जारी बीमालेख संख्या १ लाख ४६ हजार ६ सय ३२ वटा रहेको छ भने दाबी भुक्तानी संख्या ३ हजार ७ सय ८० वटा रहेको छ ।

प्रति शेयर आम्दानी वार्षिक ३० दशमलब ४९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४५ दशमलब २३ गुणा, प्रति शेयर नेटवर्थ ३ सय १ दशमलव ७६ रुपैयाँ र प्रति शेयर कुल सम्पतिको मूल्य ५ सय ५२ दशमलव ८५ रुपैयाँ रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार