• होमपेज
  • अर्थ/वाणिज्य
  • देवः विकास बैंकको वुटवलमा नयाँ शाखा

देवः विकास बैंकको वुटवलमा नयाँ शाखा

  • बिहिबार, बैशाख २७, २०७५
देवः विकास बैंकको वुटवलमा नयाँ शाखा

देवः विकास बैंक लि.को वुटवल उपमहानगरपालिकाको अमरपथमा नयाँ शाख सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको वुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदी र यस बैंकका संचालक समितिका अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्यले संयुक्त रुपमा उद्घाटन गरे ।

उदघाट्न कार्यक्रमलाई सम्बोधन गर्दै महानगरपालिकाका नगर प्रमुख सुवेदीले निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक गतिविधीबाट स्थानीय क्षेत्रमा रोजगारका अवसरहरु सिर्जना गर्नु पर्ने र उद्यमशीलताको विकासका साथ साथै सामाजिक उत्तरदायित्वका कार्यक्रममा उपमहानगरपालिकासँग सहकार्य गर्न आग्रह गरेका थिए ।

अध्यक्ष प्रा.डा. सुवर्णलाल बज्राचार्य स्थानीय सरकारसँगको सहकार्यमा यस क्षेत्रका स्थानीय उत्पादकत्व तथा आर्थिक सम्वृद्धिका लागि बैंकले लगानी र अवसर सिर्जना गर्ने विश्वास दिलाएका थिए ।

२०७४ चैत्र मसान्तसम्म बैंकले १३.९५ अर्व रुपैयाँ निक्षेप संकलन र १२.६२ अर्व रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले जनाएको छ । त्यस्तैगरि बैंकले खुद मुनाफा २०.२४ करोड रुपैयाँ गरेको छ । साथै यसै आ.व.मा विरगञ्ज, नेपालगञ्ज र कोहलपुरमा थप शाखाहरु संचालनमा आउने समेत जानकारी गराइएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार