मेगा बैंक नेपाल लिमिटेडले इलाम, सिरहा र बर्दियामा नयाँ शाखा विस्तार गरेको छ ।
इलाम जिल्लाको रोङ गाउँपालिका, सिरहाको विष्णुपुर गाउँपालिका र बर्दियाको गेरुवा गाउँपालिकामा मेगाले नयाँ शाखा विस्तार गरेको हो । योसँगै मेगा बैंकको नयाँ शाखा ५२ पुगेको छ ।
बैंकिङ पहुँच भन्दा बाहिर रहेका नेपालीहरुलाई ‘हलोदेखि हाइड्रोसम्म’को सेवा पुर्याउने उद्देश्यले मेगा बैंकले ग्रामीण भेगमा शाखा विस्तारलाई तिव्रता दिएको हो ।
मेगा बैंकले बैशाख महिनाभित्र ११ वटा नयाँ शाखा खोल्ने तयारी गरिरहेको छ । यसै साता मेगा बैंकले पाँचथरको कुमायकमा र सिन्धुपाल्चोकको इन्द्रावतीमा नयाँ शाखा विस्तार गरेको थियो ।
मेगा बैंकको ५४ वटा मेगा मनी मेशिन, ५८ शाखारहित बैंकिङ सेवा र देशभर छरिएका मेगा रेमिटका १८ सय भन्दा बढी एजेन्ट छन् ।