• होमपेज
  • अर्थ/वाणिज्य
  • सन्राइज बैंकको दुहवी शाखा स्थानान्तरण

सन्राइज बैंकको दुहवी शाखा स्थानान्तरण

  • आइतवार, बैशाख २३, २०७५
सन्राइज बैंकको दुहवी शाखा स्थानान्तरण

सन्राइज बैंक लिमिटेडले दुहवी शाखालाई सुनसरी जिल्ला, दुहवी न.पा. वडा नं. ५ (साविकको स्थानबाट करिव ५० मि.को दुरी) मा स्थानान्तरण गरेकोे छ ।

आईतबार एक कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य, दुहवी नगरपालिकाका मेयर वेद नारायण गच्छदार र उद्योग वाणिज्य संघ, दुहवीका अध्यक्ष उमेश गोश्वानीले संयुक्त रुपमा दुहवी शाखाको समुद्घाटन गरेका छन् ।

बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहकहरू समक्ष पु¥याउने उद्देश्यले पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको हो ।

हाल सन्राइज बैंकले मुलुकभर आफ्नो ८० वटा शाखा, ९५ वटा एटिएम, २१ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि. रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार