• होमपेज
  • अर्थ/वाणिज्य
  • प्रभु बैंकको नयाँ शाखा बरियारपट्टी र विजयनगरमा संचालन

प्रभु बैंकको नयाँ शाखा बरियारपट्टी र विजयनगरमा संचालन

  • आइतवार, बैशाख १६, २०७५
प्रभु बैंकको नयाँ शाखा बरियारपट्टी र विजयनगरमा संचालन

प्रभु बैंकले सिरहाको बरियारपट्टीमा र कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा नयाँ शाखा सञ्चालमा ल्याएको छ सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नं. ३ स्थित बैंकको बरियारपट्टी शाखा बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोस कुमार महतोले उद्घाटन गरेका थिए ।

त्यसैगरी कपिलबस्तु जिल्ला विजयनगर गाउँपालिका वडा नं.६ स्थित विजयनगर शाखा बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा मगरले उद्घाटन गरे ।

शखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक दलका प्रतिनिधीहरु,उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार