• होमपेज
  • अर्थ/वाणिज्य
  • नौ महिनामा प्रभु बैंकको मुनाफा ८६ करोड नाघ्यो

नौ महिनामा प्रभु बैंकको मुनाफा ८६ करोड नाघ्यो

  • शुक्रबार, बैशाख १४, २०७५
नौ महिनामा प्रभु बैंकको मुनाफा ८६ करोड नाघ्यो

प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८६ करोड ७१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४० दशमलव ०३ प्रतिशत कम नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रभुले एक अर्ब ४४ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

आठ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडाकोषमा तीन अर्ब ३४ करोड रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा २२ दशमलव ४० प्रतिशतले वृद्धि गरि ८७ अर्ब ६४ करोड ३५ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जातर्फ २२.६१ प्रतिशत वृद्धि गरी ७३ करोड सात लाख रुपैयाँ लगानी गरेको छ ।

बैंकको खुद व्याज आम्दानी दुई दशमलव ५२ प्रतिशतले घटेर एक अर्ब ९० करोड २५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १७ दशमलव ५५ प्रतिशतले घटेर ९६ करोड ६८ लाख रुपैयाँ पुगेको छ । यो अवधिमा ७५ करोड ७४ लाख १२ हजार रुपैयाँ खराबकर्जा उठाएको बैंकको प्रोभिजन ३४ करोड ३९ लाख ५८ हजार रुपैयाँ नेगेटिभमा रहेको छ ।

बैंकको निष्कृय कर्जा तीन दशमलव ९ प्रतिशत, जोखिमयुक्त सम्पत्ति १२ दशमलव ६८ प्रतिशत, प्रतिसेयर आम्दानी १४ दशमलव ४५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १५ दशमलव २२ गुणा, प्रतिसेयर नेटवर्थ १४२ दशमलव ५२ रुपैयाँ र तरलता अनुपात २३ दशमलव ६३ प्रतिशत रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार