सिभिल बैंक लिमिटेडले नयाँ एप्लिकेशन सार्वजनिक गरेको छ । बैंकले बुधबार आफ्ना ग्राहकहरुलाई सहज सेवा प्रदान गर्ने भन्दै सिभिल स्मार्ट मोबाइल बैंकिङ एप्लिकेशन ल्याएको हो ।
यस सिभिल स्मार्ट मोबाइल बैंकिङ एप्समार्फत खाताको विवरण हेर्न सकिने, सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न सकिने, मोबाइल टपअपको सुविधा, विद्युत प्राधिकरण, ल्यान्डलाइन, एडीयसयल साथै डिसहोमको बील भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।
यसका अतिरिक्त १५० भन्दा बढी आवद्ध संस्थाहरुको सेवा तथा बस्तु खरिद गर्न यस मोबाइल एप्लिकेशनको उपयोग गर्न सकिने बैंकले जनाएको छ ।
सिभिल बैंकले हालसम्म २ लाख भन्दा बढी ग्राहकहरुको ३७ अर्व रुपैयाँ भन्दा बढी निक्षेप परिचालन गरी करीव ३६ अर्ब कर्जा लगानी गरेको छ । बैंकको कुलशाखा संख्या ६०पुगेकोे बैंकले जनाएको छ ।