• होमपेज
  • बीमा
  • सनराइज बैंकले दियो बीमा रकम भुक्तानी

सनराइज बैंकले दियो बीमा रकम भुक्तानी

  • बिहिबार, बैशाख ६, २०७५
सनराइज बैंकले दियो बीमा रकम भुक्तानी

सन्राइज बैंक लिमिटेडले भक्तपुर शाखाका ग्राहक सानुमैंया राइठोरको मोती विन्दुको शल्यक्रियाको क्रममा लागेको उपचार खर्च रु. १२ हजार बराबरको रकम दिएको छ ।

श्वास्थ्य बीमा वापतको उक्त रकम बैंकले भुक्तानी दिएको हो । बैंकका वरिष्ठ नायब महाप्रबन्धक श्रीमती आशा राणा अधिकारीले बैंकको केन्द«ीय कार्यालय, गैरीधारामा उक्त रकम प्रदान गरिन् ।

बैंकले आफ्ना बचत खाताका ग्राहकहरुको लागि ‘स्वास्थ्य बीमा सुविधा’ प्रदान गर्दै आएको छ । स्वास्थ्य बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५५ वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ ।

Facebook Comments

सम्बन्धित समाचार