• होमपेज
  • अर्थ/वाणिज्य
  • एन आई सी एशियाको ऋणपत्र सूचीकृत

एन आई सी एशियाको ऋणपत्र सूचीकृत

  • मङ्लबार, बैशाख ४, २०७५
एन आई सी एशियाको ऋणपत्र सूचीकृत

यस बंैकले जारी गरेको ९ प्रतिशत एन आई सी एशिया ऋणपत्र २०८१/८२ नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद र बंैकको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेद्वारा सम्झौतामा हस्ताक्षर गरी सूचीकृत गरिएको छ ।

उक्त ऋणपत्र सूचीकृत भएसँगै बोण्डधनीहरुले ९ प्रतिशत एन आई सी एशिया ऋणपत्र २०८१÷८२ धितोपत्र बजारमा कारोवार गर्न सक्ने भएका छन् ।

बंैकले जारी गरेको उक्त ऋणपत्र देशको हालसम्मकै ठूलो रकमको भएको, जसका लागि तोकिएको समयावधिभित्र शतप्रतिशत आवेदन परी बाँडफाँड भएको थियो । बैंकले जारी गरेको यस ऋणपत्रको लागी शतप्रतिशत आवेदन परी सफलतापुर्वक बाँडफाँड हुनुले सम्पूर्ण सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुको यस बंैक प्रति भरोसा एवं विश्वसनीयता प्राप्त भएको बैंकले लिएको छ ।

उक्त ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडद्वारा क्रेडिट रेटिङ्ग प्रदान गरेको छ । उक्त क्रेडिट रेटिङ्गले तोकिएको समयमा वित्तीय दायित्व पूरा गर्ने सक्ने बैंकको क्षमता तथा कर्जा जोखिम औसत कम रहेको जनाउँछ ।

यस ऋणपत्र बिक्री प्रक्रियालाई सफल बनाउन अतुलनीय योगदान पु¥याउनुहुने सम्पूर्ण नियमक निकायहरु, बिक्री प्रबन्धक तथा लगानीकर्ताहरु प्रति बंैक कृतज्ञ रहेको तथा यहाहरुले पु¥याउनुभएको सद्भावका लागि बैंक हार्दिक आभार प्रकट गर्दछ ।

साथै, बंैकलाई सर्वसाधारणले दर्शाउनु भएको प्रगाढ विश्वास, अगाध स्नेह भरोसाले गर्दा मुलुकभर गरी बंैकका १९२ शाखा कार्यालयहरु, १९६ एटीएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखा रहित बंैकिङ्ग मार्फत सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो सञ्जाल मध्येको बंैक हुन सफल भएको छ ।

यससँगै वासलातको आकार, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले बंैक निजी लगानीमा स्थापित बंैकहरुमध्ये अग्रणी स्थानमा रहेको छ । साथै, संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बंैकले पालना गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार