• होमपेज
  • अर्थ/वाणिज्य
  • सिटिजन्सद्वारा विद्यालयलाई आर्थिक सहयोग

सिटिजन्सद्वारा विद्यालयलाई आर्थिक सहयोग

  • मङ्लबार, बैशाख ४, २०७५
सिटिजन्सद्वारा विद्यालयलाई आर्थिक सहयोग

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले श्री जन उदय माध्यमिक विद्यालयलाई रू १,००,००० को आर्थिक सहयोग गरेकोे छ । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग गर्दै आएको छ ।

यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको छ । बैंकले आफ्नो एघाराँै बार्षिक उत्सवको उपलक्ष्यमा यस विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको हो ।

एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले रू एक लाखको चेक विद्यालयका व्यव्स्थापन समितिका अध्यक्ष श्री शिवगोपाल थापा मगरलाई हस्तान्तरण गरेका छन् ।

कार्यक्रमलाई सँबोेधन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले समाजमा राम्रा र नराम्रा दुवै प्रकृतिका मानिसहरु हुन्छन तर एक शिक्षित मानिसको जिम्मेवारी भनेको समाजमा रहेका खराब मानिसलाई आफ्नो समिपमा राखेर असल मानिसमा परिणत गर्नु हो भन्ने सारगर्भित विचार व्यक्त गरे ।

एक प्रसङ्गमा बोल्दै प्रमुख कार्यकारी अधिकृत भण्डारीले सामुदायिक विद्यालयहरु आर्थिक रूपले आत्मनिर्भर भए मात्र गुणस्तरीय शिक्षा प्रदान गर्ने सक्ने कुरामा जिकिर गरे र गुणस्तरीय शिक्षाको अभावकै कारण हाम्रो मुलुकले द्रन्द खेप्नु परेको कुरा व्यक्त गरे ।

उक्त कार्यक्रममा उपस्थित बालबालिकाहरुले बैंकले गरेको यस्तो सहयोगले उनीहरुको अन्धकारमय जीवनमा सिटिजन्स बैंक प्रगति र उन्नतिको प्रकाश बनेर आएको कुरा व्यक्त गर्दै खुशियाली जाहेर गरेका थिए ।

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित समाचार