• होमपेज
  • मनोरञ्जन
  • क्वान्टिको–३ मा प्रियंकाको यस्तो अवतार

क्वान्टिको–३ मा प्रियंकाको यस्तो अवतार

  • सोमवार, बैशाख ३, २०७५
क्वान्टिको–३ मा प्रियंकाको यस्तो अवतार

काजी राई । प्रियंका चोपडाको अन्तर्राष्ट्रिय यात्राको पहिलो अमेरिकी टिभी शो क्वान्टिकोको तेश्रो सिजन चाँडै नै सुरु हुँदैछ । जसमा प्रियंका नयाँ भूमिकामा देखिँदेछिन् । शोको एक भिडियो पनि सार्वजनिक भएको छ ।

अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) को कथामा बनेको शोको पहिला दुई सिजन सकिइसकेको छ । जसमा प्रियंकाले अलेक्स पारिशको भूमिका निभाएकी थिइन् । अन्तर्राष्ट्रियस्तरमा यसले प्रियंकालाई लोकप्रिय बनाइदियो भने उनले विभिन्न अवार्डहरू पनि जितिन् ।

 

 

यसको तेश्रो सिजन यही अप्रिल २६ बाट सुरु हुँदैछ । तेश्रो सिजनमा प्रियंका अलग–अलग भूमिकामा छिन् । क्वान्टिकोको पहिलो दुई सिजनमा उनी २२ इपिसोडमा थिइन् । तर यसपटक भने उनी १३ इपिसोडमा मात्र हुनेछिन् । सिजन ३ मा प्रियंका अण्डर कभर एजेण्ट बनेकी छिन् । जो आफ्नो काम तीन वर्षदेखि गोप्य रूपमा गरिरहेकी छन् ।

Facebook Comments

सम्बन्धित समाचार