• होमपेज
  • अर्थ/वाणिज्य
  • टंगालमा प्रभुको नयाँ शाखा सञ्चालनमा

टंगालमा प्रभुको नयाँ शाखा सञ्चालनमा

  • बिहिबार, चैत्र २९, २०७४
टंगालमा प्रभुको नयाँ शाखा सञ्चालनमा

काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.५ टंगालमा बैंकको नयाँ शाखा सञ्चालनमा ल्याईएको छ । बैंकको टंगाल शाखा कार्यालय बैंकका संचालक अम्बिका शर्मा लामिछानेले एक समारोहका विच समुद्घाटन गरेकी छन् ।

मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये प्रभु बैंक लिमिटेडको भोटाहिटी शाखा कार्यालयलाई टंगालमा स्थानान्तरण गरिएको विज्ञप्तीमा उल्लेख छ ।

यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको बैंकले जनाएको छ ।

शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल र सहजरुपमा आधुनिक बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार