• होमपेज
  • बीमा
  • सेञ्चुरी कमर्सियल बैंक र रिलायंस लाइफबीच बैंकास्योरेन्स सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र रिलायंस लाइफबीच बैंकास्योरेन्स सम्झौता

  • आइतवार, चैत्र २५, २०७४
सेञ्चुरी कमर्सियल बैंक र रिलायंस लाइफबीच बैंकास्योरेन्स सम्झौता

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र रिलायंस लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानीलगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्ने छन् ।

उक्त सम्झौतापत्रमा बैंकका का. मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र रिलायंस लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रबिन रमन पराजुलीले हस्ताक्षर गरेका छन् ।

बैकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउण्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउण्टर साथै १० वटा शाखारहित बैकिंङ्ग गरी जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार