• होमपेज
  • अर्थ/वाणिज्य
  • जनता बैंक नवौँ वर्षमा प्रवेश

जनता बैंक नवौँ वर्षमा प्रवेश

  • शुक्रबार, चैत्र २३, २०७४
जनता बैंक नवौँ वर्षमा प्रवेश

जनता बैंक ८ वर्ष पुरा गरि नवौँ वर्षमा प्रवेश गरेको छ। बैंकले नवौँ औं वर्ष प्रवेशको अवसरमा चैत्र २३ गते विहान प्रभातफेरी सम्पन्न गरिएको छ ।

बैकिङ्ग साक्षरता सम्बन्धी चेतनामूलक ब्यानर र प्लेकार्डसहित सम्पन्न भएको प्रभातफेरी कार्यक्रममा बंैक संचालक समितिका अध्यक्ष, संचालक र काठमाडौं उपत्यकाका शाखामा रहेका सबै कर्मचारीहरुको सहभागिता थियो । यस्तै प्रकारको प्रभातफेरी कार्यक्रम उपत्यकाबाहिरका अन्य शाखाहरुले पनि गरेका थिए ।

त्यस्तै बैंकले निः शुल्क स्वास्थ शिविर र रक्तदान कार्यक्रम पनि गरेको छ। नागरिक समाज प्रतिष्ठानका ज्येष्ठ नागरिकलार्इ २५ हजार रुपैयाँ र समाज कल्याण आँचल अनाथालयका विद्यार्थीलार्इ १० हजार रुपैयाँ बराबरको खाध्यान्न सहयोग गरेको पनि बैंकले जानकारी दिएको छ।
बैंकले देशभरीका ४४ जना विद्यार्थीलार्इ २ लाख २० हजार रुपैयाँ बराबरको छात्रवृत्ति वितरण गरेको थियो। बैंकले हाल १०६ वटा शाखा कार्यालयमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
Facebook Comments

सम्बन्धित समाचार