• होमपेज
  • अर्थ/वाणिज्य
  • माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई खानेपानी ट्यांकी हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई खानेपानी ट्यांकी हस्तान्तरण

  • शुक्रबार, चैत्र २३, २०७४
माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई खानेपानी ट्यांकी हस्तान्तरण

माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा पञ्चरत्न माध्यामिक विद्यालय बिर्तामोड–२, चौतुबारी, झापाको हातामा विधार्थीहरुलाई स्वच्छ खानेपानीको व्यवस्था गर्न पानी ट्यांकी तथा आवश्यक पूर्वाधार निर्माण गरिदिएको छ ।

गत चैत २१ गते एक कार्यक्रमका विच उक्त पानी ट्यांकी प्रदेश नं. १ का सामाजिक विकास मन्त्री माननिय जीवन घिमिरे तथा माछापुच्छ्रे बैंक लिमिटेड विर्तामोड शाखाका शाखा प्रबन्धक भरत प्रसाईबाट संयुतm रुपमा समुद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको जनाएको छ ।

बंैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बैंक सेवा समेत गरी जम्मा ८० स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार