• होमपेज
  • अर्थ/वाणिज्य
  • सन्राइज बैंकद्धारा भाईबर सेवा सुरु

सन्राइज बैंकद्धारा भाईबर सेवा सुरु

  • बिहिबार, चैत्र १५, २०७४
सन्राइज बैंकद्धारा भाईबर सेवा सुरु

सन्राइज बैंक लिमिटेडले स्थापनाकाल देखिनै आफ्ना ग्राहक वर्गलाई सरल एवं सहज वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । बैंकिङ्ग क्षेत्रमा नयाँनयाँ प्रविधिहरु भित्रिरहेको क्रममा सन्राइज बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राख्दै भाईबर बैंकिङ्ग सेवा सुरु गरेको छ ।

उक्त भाईबर बैंकिङ्ग सेवामार्फत ग्राहक महानुभावहरुले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट बैंकिङ्ग सेवाको वारेमा जानकारी लिन सक्नेछन् । भाईबर बैंकिङ्ग सेवा लिनको लागि बैंकका ग्राहक महानुभावहरुको मोबाइल नम्बर यस बैंकको स्मार्ट बैंकिङ्ग सेवामा रजिष्टर गरिएको हुनुपर्नेछ ।

भाईबर बैंकिङ्ग सेवा मार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्न, विनिमय दर, मुद्धती खाताको जानकारी लगायत अन्य सेवाको साथै बैंकको सम्पुर्ण शाखा तथा एटिएमहरु सम्बन्धी जानकारी लिन सकिनेछ ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ७६ वटा शाखा, २० वटा शाखा रहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ९४ वटा ए.टि.म मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार