• होमपेज
  • समाचार
  • बैंकरहरूको स्वागतयोग्य कदम

बैंकरहरूको स्वागतयोग्य कदम

  • सोमवार, फाल्गुन २८, २०७४
बैंकरहरूको स्वागतयोग्य कदम

२८ वटा बैंकहरूको संगठन नेपाल बैंकर संघको पछिल्लो बैठकले वाणिज्य बैंकहरूले वचतको ब्याजदर ८ प्रतिशतभन्दा बढी नदिने गरी बचतको निक्षेपमा सीमा लगाउने निर्णय गरेको छ । यसलाई स्वागतयोग्य कदम नै मान्नुपर्छ । यसले कर्जा ब्याजदरमा पनि असर गर्ने भएकाले अब कर्जा ब्याजदर पनि घटाउनु र घट्नुपर्दछ ।

यो शुभ संकेत हो । कुमारी, सिभिल, एनबी बैंकहरूले १०/११ प्रतिशतसम्म वचत ब्याज दिँदे आएका थिए । यो निर्णय आएसँगै सबै २८ वटै वाणिज्य बैंकको ब्याजदर घटेको देखिन्छ ।

अर्को महत्वपूर्ण कुरा के छ भने बंैकहरूले अब कर्जा ब्याजदर पनि घटाउनु जरुरी छ । शेयर बजार घटेको छ, आम्दानी छैन तर, ८ प्रतिशतमा लिएको कर्जाको ब्याजदर १५÷१६ प्रतिशत पुगेको छ । यसले गर्दा बैंकको कर्जा ब्याजदर र किस्ता समयमै बुझाउन गाह्रो देखिन्छ । त्यसकारण समयमै कर्जा ब्याजदरको पनि नेपाल बैंकर संघले निर्णय लिन जरुरी देखिन्छ ।

तर संघको निर्णयलाई एनआइसी एशियाले अबज्ञा गरेपछि एनआइसी एसियासँग कुनै पनि कारोबार नगर्ने निर्णय गरेको छ । सो निर्णयलाई २७ वाणिज्य बैंकले सहमति जनाएका हुन् । बैंकर्स संघले डाकेको वाणिज्य बैंकहरुको बैठकमा एनआइसी एसिया बैंकसंँग कारोबार नगर्ने गरी निर्णय गरेको हो ।

बैंकहरुबीच भएको भद्र सहमति तोड्नु समग्र अर्थतन्त्रका लागि सकारत्मक होइन । सो कदमले बैंकरहरुबीच भएको भद्र सहमति बैकिङ बजारलाई सन्तुलनमा राख्न मद्धत पुग्ने भएपनि एनआइसी एसियाले अवज्ञा गरेको र यसको नतिजा एनआइसी एसियाले भोग्नुपर्ने बैंकर्स संघले जनाएको छ ।

तर एनआइसी एसियाले भने त्यसको विरोध गरेको छ । बैंकहरुको नियमनकारी निकाय बैंकर्स संघ नभएको र त्यस्तै,बैंकहरुको नियमनकारी निकाय राष्ट्र बैंक भएकाले हस्तक्षेप गर्नुपर्ने एनआइसी एसिया बैंकको भनाई छ ।

Facebook Comments

सम्बन्धित समाचार