• होमपेज
  • समाचार
  • तरलता अभाव र बैंक तथा बिमा कम्पनीहरुको हकपद शेयर

तरलता अभाव र बैंक तथा बिमा कम्पनीहरुको हकपद शेयर

  • सोमवार, फाल्गुन १४, २०७४
तरलता अभाव र बैंक तथा बिमा कम्पनीहरुको हकपद शेयर

नेपाली वित्तीय बजारमा व्यापक तरलता अभाव छ । बैंक र वित्तीय संस्थाहरूले पैसा अभावको बहानामा ब्याजदरलाई बढाएर १५÷१६ प्रतिशत सम्म पुर्याइसकेको अवस्था छ ।

एकातिर वित्तिय संस्थाहरु (बैंक र बीमा)ले पूँजी वृद्धिको नाममा भटाभट हकप्रद शेयर बजारमा ल्याउने क्रम पनि रोकिएको छैन । हालै केही वाणिज्य बैंकहरूले बिक्रीमा राखेका हकपद शेयरसमेत बिक्री भएका छैनन् ।

बजारमा आधार दर्जन बीमा कम्पनीहरूको हकप्रद शेयर बजारमा आउने क्रम जारी छ भने यता बैंकहरूको हकप्रद शेयर नै बिक्री नभएर अलपत्र परेको अवस्था पनि छ । यो हेर्दा नेपाली वित्त बजारमा साँच्चैले तरलता अभाव भएको देख्न सकिन्छ ।

बजारमा दर्जनौं विकास बैंकका शेयर बिक्रीमा आउने अन्तिम तयारीमा छन् । बजारमा पूँजी वृद्धिको नामबाट बीमा र बैंकहरूको हकप्रद शेयरको बाढी नै आए पनि दोस्रो दिनै शेयर बजार घटेको छ ।

बिक्री कम भएको मात्रै छैन, ८ अर्ब पूँजी भएका ४/५ वटा वाणिज्य बैंकहरूको शेयर २ सयभन्दा कम मुल्यमै दोस्रो बजारमा किनबेच भइरहेको पाइन्छ । फाइनान्स कम्पनी र विकास बैंकको शेयर त १ सय ३० रुपैयाँमै पाइन्छ ।

यसबाट यो प्रष्टै छ भने अब तरलता अभाव अन्त्य गर्न नयाँ सरकारले राज्यको ढुकुटीमा रहेको ४ सय खर्ब रूपैयाँ बजारमा ल्याउनु जरुरी छ । नत्र शेयर लगानीकर्ता सडकमा पुग्ने निश्चित देखिन्छ । शेयर बिक्री नभएपछि दर्जनौं कम्पनीहरूले हकप्रदमा आवेदन दिने म्याद बढाउने क्रम बढेको छ ।

बजारमा देखिएको तरलता समस्याको असर हकप्रद आवेदनमा समेत देखिन थालेको हो । पछिल्लो समय निष्काशन भएका सिभिल बैंक, सेन्चुरी बैंक, मेघा बैंक, सांग्रिला डेभलपमेन्ट बैंकले निकालेको हकप्रद शेयरमा पर्याप्त आवेदन नपर्दा उनीहरूले हकप्रदको म्याद बढाएका थिए । यति हुँदाहुँदै पनि आधा मात्रै बिक्री भएको देखिन्छ ।

बजारमा बैंक तथा वित्तीय संस्थाको पूँजी वृद्धि भएसंगै शेयरधनीको संख्या बढेको कारणले कम्पनीहरूले हकप्रदको म्याद बढाएको भए पनि तरलता अभावककै कारण हकपद शेयर बिक्री नभएको सजिलै आंकलन गर्न सकिन्छ ।

लगानीयोग्य पूँजी अभाव हुँदा, शेयरधनीलाई हकप्रदमा पैसा हाल्न समस्या पर्दा पर्याप्त आवेदन पर्न छाडेको देखिन्छ । हाल, बजारमा १४ कम्पनीले हकप्रद निष्काशन खुलाएका छन् । तर हकपद शेयर नै बिक्री नभएपछि दर्जनांै बैंक र बीमा कम्पनीको पूँजी वृद्धिसमेत प्रभावित हुने प्रष्टै छ ।

Facebook Comments

सम्बन्धित समाचार