• होमपेज
  • कृषि
  • रु ३०० ले घट्यो छुर्पीको मूल्य

रु ३०० ले घट्यो छुर्पीको मूल्य

  • सोमवार, फाल्गुन ७, २०७४
रु ३०० ले घट्यो छुर्पीको मूल्य

 

जिल्लामा विगत केही महिनायता छुर्पीको मूल्यमा कमी आएपछि किसान मारमा परेका छन् । जापान, अमेरिकालगायत देशमा निर्यात हुने गरेको छुर्पीबाट मनग्य आम्दानी लिँदै आएका छुर्पी व्यवसायी मूल्यमा कमी आएपछि मारमा परेका हुन् । प्रतिमहिना तीन टन छुर्पी बाहिर निर्यात हुने गरेको भए पनि हाल त्यसमा कमी अएको व्यवसायीको भनाइ छ ।

विगतमा व्यवसायीलाई माग पूरा गर्न धौ धौ पर्ने गरेको थियो । विगतमा प्रतिकिलो रु एक हजारमा बिक्र हुँदै आएको छुर्पीको मूल्य अहिले रु ७०० मा झरेको सन्दकपुर गाउँपालिका–४ माबुस्थित बालकृष्ण कृषि फार्मका सञ्चालक बालकृष्ण गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “लगानी डुब्ने डरले छुर्पीको उत्पादन कम गर्न थालेको छु ।” संकलन गरेर लगेको छुर्पीको रु पाँच लाख रकम नपाएपछि पाँच बोरा छुर्पी गोदाममा नै थन्काएर राखेको उहाँको भनाइ छ ।

छुर्पीबाट मनग्य आम्दानी हुन थालेपछि उद्योगको संख्यामा वृद्धि भएको छ । बजारीकरणमा प्रतिष्पर्धा भएपछि व्यापारीले गुणस्तरहीन छुर्पीसमेत संकलन गरी निकासी गरेका कारण समस्या भएको हो । अहिले विगतको जस्तो माग छैन । एकदमै थोरैमात्र निकासी भइरहेको छ ।

रामं्रोसँग छुर्पी नसुक्दा खोक्रो हुने, कुहिने, ढुसी आउने, कुकुरले खाँदा बिरामी हुनेजस्ता समस्या भएकाले छुर्पीको माग ह्वात्तै घटेको बताइएको छ । इलामका छुर्पी अन्तर्राष्ट्रिय हिमालय डेरी उद्योग बिर्तामोड, कृष्ण डेरी उद्योग झापा, हिमालय डक च्यु कलेक्सन सेन्टर काठमाडौँ, सिल्भर लिङ्क (आइएनसी) प्रालि कलेक्सन सेन्टर काठमाडौँ र एभरेष्ट प्रोडक्सन काठमाडौँलगायतबाट निकासी हुने गरेको छ । इलाममा ५६५ वटा दुग्धजन्य डेरी, चिज उद्योग घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय इलाममा दर्ता भई सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)