• होमपेज
  • समाचार
  • आइएमइ जनरलको एकै पटक तीन शाखा संचालनमा

आइएमइ जनरलको एकै पटक तीन शाखा संचालनमा

  • बुधबार, माघ २४, २०७४
आइएमइ जनरलको एकै पटक तीन शाखा संचालनमा

 

आइएमइ जनरलले एकै पटक झापा, सुनसरी र मोरङमा आफ्नो शाखा बिस्तार आइएमर्इ जनरल इन्स्योरेन्सले सोमबार एकै पटक तीनवटा शाखा संचालनमा ल्याएको छ। कम्पनीले झापाको दमक, सुनसरीको इटहरी र मोरङको विराटचोकमा शाखा विस्तार गरेको हो।

कम्पनीका संचालक योगेश्वर शर्मा ढकाल र प्रतापजंग पाण्डेले शाखा कार्यालयको उद्घाटन गरेका हुन्।आजदेखि संचालनमा आएका तीन शाखासहित कम्पनीले २६ वटा शाखा बिस्तार गरेको छ। यसैगरी तीन वटा उपशाखा तथा १० स्थानबाट काउन्टर सहित सम्मा ५४ स्थानबाट सेवा दिने जनाएको छ।

कम्पनीले आगामी दिनमा सेवा विस्तारकालागि अझै शाखा तथा उपशाखा खोल्ने योजना बनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत योगशभक्त वादेले कम्पनीको केन्द्रीय कार्यालयबाट ३६५ दिन नै सेवा दिएको बताए।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा ४३ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको उनले जानकारी दिए। कम्पनीले आगामी दिनमा अझै सेवा विस्तार गर्दै बीमा शुल्क आर्जन बढाउने बताए।

Facebook Comments

सम्बन्धित समाचार