• होमपेज
  • समाचार
  • आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंक अस्योरेन्स सम्झौता

आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंक अस्योरेन्स सम्झौता

  • मङ्लबार, माघ २३, २०७४
आइएमई लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंक अस्योरेन्स सम्झौता

 

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र जनता बैंक नेपाल लिमिटेड बिच बैंक अस्योरेन्स सम्झौता भएको छ । बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनी तर्फबाट निमित्त महाप्रबन्धक दिनेश अमात्य र जनता बैंक नेपाल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवँर क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

सो बैंक अस्योरेन्स सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका गा्रहकहरुले जनता बैंक नेपाल लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जनकारी प्राप्त गर्न सक्नुहुनेछ ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ४२ स्थानबाट बिभिन्न शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बाल शिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजना ल्याएको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार