• होमपेज
  • विचार/ब्लग
  • हुण्डीले चलाएको अर्थतन्त्र

हुण्डीले चलाएको अर्थतन्त्र

  • बुधबार, माघ ३, २०७४
हुण्डीले चलाएको अर्थतन्त्र

मेनुका आचार्य 

नेपालको अर्थतन्त्र रेमिट्यान्सले धानेको भनिन्छ । रेमिट्यान्सबाट देशलाई प्राप्त हने भनेको विदेशी मुद्रा नै हो । हामीलाई ठूलो मात्रामा विदेशी मुद्रा चाहिन्छ । बिभिन्न बस्तु तथा सेवा आयात गर्दा विदेशी मुद्रा आवश्यक पर्छ । रेमिट्यान्सबाट आएको रकम विदेशी मुद्रामा आउँछ । बैंकले त्यसलाई साटेर नेपाली मुद्रा दिन्छन् । व्यापार घाटालाई मिलान गर्न पनि यहि विदेशी मुद्राले सहयोग गरेको छ ।

कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सको रकम जोडिँदैन । रेमिट्यान्सलाई तुलना गर्ने मात्रै हो । मानौं, जिडिपी १९२८ अर्ब छ, ५४३ अर्ब रेमिट्यान्स आएको छ भने जिडिपीको तुलनामा रेमिट्यान्स २८ दशमलब ८ प्रतिशत रेमिट्यान्सको अंश छ भन्न पाइन्छ । तर योगदान नै हो भन्न चाँहि मिल्दैन । रेमिट्यान्सको पैसा अनुत्पादक क्षेत्रमा खर्च भयो भन्ने कुरा पनि गलत हो । रेमिट्यान्सको रकम सडक, पल, बिजुलीमा लगानी हुने होइन ।

जुनसुकै देशमा रेमिट्यान्स प्राप्त गर्ने परिवारले गर्ने खर्चले नै अर्थतन्त्र चलायमान बनाउने हो । नेपालमा अहिले दाल चामल बाहेक, शिक्षा, स्वास्थ्यमा रेमिट्यान्सको रकम खर्च भइरहेको छ । हाम्रो अर्थतन्त्रलाई पनि यसैले चलायमान बनाइरहेको
छ ।

रेमिट्यान्स औपचारिक र अनौपचारिक माध्यमबाट आउँछन् । अनौपचारिक माध्यमबाट भित्रिने रेमिट्यान्स हुन्डी हो । हुन्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध तरिका हो ।

दवै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार हुने गरेको छ । नेपालबाट भारतमा पैसा पठाउन हुन्डीको भारतमा रहेको एजेन्टले नेपालको एजेन्टलाई खबर गर्छ । नेपालको एजेन्टलाई पैसा दिएपछि भारतको एजेन्टले आफ्नो व्यक्तिलाई पैसा उपलब्ध गराउँछ । यसबापत उनीहरूले केही प्रतिशत कमिशन लिने गर्छन् ।

विदेशबाट पैसा पठाउँदा बैंकिङ च्यानलबाट पठायो भने त्यो रेमिट्यान्समा गनिन्छ भने बैंकिङ च्यानलबाट नभई अन्य दलालहमार्फत सिधै पैसा पठाउनलाई हुन्डी कारोबार भनिन्छ । कार्यथलोमै लिन आउने र घरमै पु¥याइदिने भएपछि अनि धेरै शुल्क पनि नलाग्ने भएकाले मानिसहू हन्डीमा आकर्षित हुने गरेका छन् ।

हुन्डीबाट पैसा पठाउँदा बैंकिङ प्रणालीबाट पठाउँदाभन्दा कम समय लाग्ने, पैसाको स्रोत खुलाउने तथा अन्य प्रक्रियागत झन्झट पनि नहने भन्दै हन्डीको माध्यम प्रयोग गरेर थुप्रै नेपालीले विदेशबाट पैसा पठाउने गर्दछन् ।

हुन्डी रेमिट्यान्स नै भएपनि यो अनौपचारिक माध्यमबाट आउने भएकाले रेमिट्यान्समा गनिँदैन । यसको मतलब हुन्डीले रकम आउने क्रमलाई घटाउँदैन सरकारी तथ्यांकमा मात्रै नदेखिने हो ।

घर परिवारले पाएको रकम बढिरहेको देखिन्छ । तर औपचारिक च्यानलबाट आएको रकम भने कम देखिन्छ । अनौपचारिक क्षेत्रबाट आएको रेमिट्यान्सले विदेशी मुद्राको सञ्चिति घटाउँछ । यसले अनधिकृत व्यापार व्यवसायसँगै राजश्व समेत घटाउँछ ।

हुन्डी नियन्त्रण हुन नसक्दा अन्य किसिमका अपराध पनि बढेको प्रहरी अधिकारी बताउँछन् । नेपालबाट ठूलो मात्रामा लागुऔषध विभिन्न देशमा जाने गरेको छ । यसरी बिक्री हुने लागऔषधको पैसा नेपालमा अवैध तरिकाबाट नै आउने गर्छ । हुन्डीको अनसन्धान नै नहने भएकाले निर्वाध रूपमा अर्बौं रकम यसकै माध्यमबाट लेनदेन हने गरेको छ । हुन्डीको अवैध कारोबारसँगै सुन तस्करी पनि मौलाएको छ ।

लागुऔषध, हतियार तथा सुनलगायत सामान तस्करीमा पनि हुन्डीमार्फत नै आर्थिक लेनदेन हुने गरेको प्रहरी अधिकारी बताउँछन् । उनीहरूका अनुसार नेपालमा पछिल्लो समय दैनिक सय किलोभन्दा धेरै सन तस्करी हुने गरेको छ भने त्यसको लेनदेन हुन्डीमार्फत नै हुने गरेको छ । त्यस्तै, आतंकवादी क्रियाकलापको पैसा पनि हुन्डीमार्फत नै एक देशबाट अर्काे देशमा पुग्ने गरेको छ ।

हुन्डीबाट गरिएको कारोबार अवैधानिक हो त्यसैले यो दण्डनीय छ । नेपालमा हुन्डी कारोबारको अनुसन्धान गर्ने प्रमख निकाय सम्पत्ति शद्धीकरण अनुसन्धान विभाग हो । हुन्डी कारोबार गरेको थाहा पाएमा विभागले कारबाहीका प्रक्रिया अघि बढाउँछ । यसबाहेक, हुन्डीमार्फत गरिने कारोबारमा जोखिम बढी हुन्छ । पठाएको रकम बीचैमा हिनामिना हने पो होकि ? या, आफूू रकम पठाएको एजेन्ट पक्राउ पो प¥यो कि ? जस्ता डर मनमा भइरहन्छन् । आर्थिक बजार मासिक

Facebook Comments

सम्बन्धित समाचार